उपचारको क्रममा थुनुवाको मृत्यु

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार

महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन महासेठले बताउनुभयो ।

थुनुवा ठाकुरको आज बिहान अचानक उच्च रक्तचाप भएर उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएकोमा निजको सोही अस्पतालमा बिहान ८ः४५ बजे मृत्यु भएको हो । मृतक थुनुवा ठाकुरको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।
–––रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu