मङ्ल, फाल्गुन ६, २०७६
Tue, February 18, 2020

अब कम्युनिष्ट नफाली छाड्दिन:सभापति देउवा


  • स्वदेश नेपाल
  • सोम, भदौ ९, २०७६

चुनाव अघि नै कम्युनिष्टले चुनावले जिते लोकतन्त्र खतरामा पर्छ भनेर अभिब्यक्ति दिंदा कांग्रेसबाट नै पनि समर्थन नपाएका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले यतिवेला अझ कडा अभिब्यक्ति दिएका छन।

कम्युनिष्टले चुनाव जितेको डेढ बर्षपछि र मानवअधिकार देखि मिडिया सम्वन्धी विध्येक र गुठी विधयेकको कारण कम्युनिष्ट चरित्र छताछुल्ल भएपछि अहिले कांग्रेसजनमा पनि सभापति देउवाले बालेका कुरा जायज भन्ने परेपछि सभापति देउवाले फेरि अब कम्युनिष्ट फाल्ने अठोट गरेका छन्।

सडक संघर्ष भन्दा पहिला कांग्रेसलाइ नै जागृत नगरि पार्टी सुदृढ नहुने ठानेपछि उनले अहिले देशभरि प्रशिक्षण अभियान चलाएका छन। यसको लागि ब्यवस्थित रूपमा प्रशिक्षक नै चयन गरिएको छ भने यसमा प्रदेश स्तरका नेता तथा कार्यकर्ता लाई समेत राखिएको छ। यसैक्रममा उनले सुर्खेतमा पुगेर राणा,राजा र पञ्चायत फालेको कांग्रेसले अब लोकतन्त्र रक्षाको लागि कम्युनिष्ट फाल्ने दिन आएको बताएका छन् ।

उनले कम्युनिष्ट कै कारण लोकतन्त्र खतरामा परेको समेत बताए । तर,केही दिन अघि मात्र प्रधानमन्त्री केपी अ‍ोलीले डाकेको सर्वदलीय वैठकमा लोकतन्त्र खतरामा परेको भन्दै संविधान बनाउने पक्षधरहरू एक हुनुपर्ने बताएका थिए । उनी यसो भनेर सिंगापुर उडे तर विपक्षी दल कांग्रेसले भने कम्युनिष्ट शासकलाइ नै लोकतन्त्रको विरोधी ठानेर अबको अभियान यसै अनुसार तय गर्ने तयारी थालेको छ ।

सत्तारूढ दलबाट नै आलोचित कम्युनिष्ट सरकारलाइ कांग्रेसले साच्चिकै संस्थागत रूपमा संघर्ष गर्दा कस्तो नतिजा देखिएला त्यो भने हेर्न वाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट