चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप– प्रहरीद्वारा ‘डेट एक्स्पायर’ अश्रु ग्यास प्रहार

प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार

काठमाडौं । शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन जारी राखिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरा_सतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले -याली र कोणसभा गरेका छन् ।

नियन्त्रणमा लिएको १० दिनपछि प्रहरीले अनुसन्धान सकाएर सञ्चारकर्मी लामिछाने, कँडेल र अस्मिता कार्कीविरुद्ध आ#त्मह%त्या दुरु-त्साहनको मुद्दा दर्ता गराएको छ । सोही घटनामा अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको छ । समय अभाव भएपछि लामिछाने र कँडेलको वयान बाँकी छ ।

बयान सोमबार बिहान कार्यालय समय सुरु भएदेखि नै अदालतमा बयान लिइनेछ । यदि दुवैको बयान सकिएको खण्डमा सोमबार टि ब्रेक अर्थात् १ बजेको समयपछि थुनछेक बहस हुनेछ । आइतबार बिहान ९ बजे रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा पेश गरेदेखि नै अदालत बाहिर प्रदर्शन भएको थियो । प्रदर्शनमा लामिछाने र कँडेलको रिहाईको माग गरेका थिए ।

विहान प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिलको कार्यलयमा पु-याउँदा पनि बाहिर प्रदर्शन जारी थियो । अदालतमा बयान लिने क्रम जारी हुँदै रवि लामिछाने र युवराज कँडेलसहित अस्मिता कार्की आइतबार पनि हिरा_सतमै रहने भएपछि अदालतबाहिर प्रदर्शनकारी आक्रोशित बनेका छन् ।

प्रहरीसँग प्रदर्शनकारीको झडप हुँदा प्रहरीले डेट एक्स्पायर अश्रु ग्यास समेत प्रहार गरेको थियो भने अस्पताल परिसरमा समेत अश्रु ग्यास हानिएको थियो । प्रहरीले प्रहार गरेका अश्रु ग्यासको डेट २०१० मै सकिसकेको छ । गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।

सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu