नेपाली जनसम्पर्क समिति साउदी अरब मध्यक्षेत्रिय समितिको सभापतिमा गोपाल पंगेनी

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार

काठमाडौं । नेपाली जनसम्पर्क समिति साउदीअरब मध्यक्षेत्रिय समिति पुनर्गठन गरिएको छ । १५ सदस्य रहेका गोपाल पंगेनीको सभापतीत्वमा पुनर्गठीत समितिमा उपसभापतीमा क्रमश योगा थापाउप, भुपेन्द्र थापा रहनुभएको छ ।


भने सचिबमा कृष्ण भुषाल, सहसचिब धनबिर लिम्बु, कोषाध्यक्षमा हरी पौडेल हुनुहुन्छ भने सहकोषाध्यक्षमा कृष्ण बस्याल रहनुभएको छ । यस्तै सदस्यहरुमा क्रमश लक्ष्मण भट्ट, मनिष गुरुङ, भवानी प्रसाद ओझा, टुक प्रसाद अर्याल, धन बहादुर तामाङ, महेश राई,  भिम विश्वकर्मा र बालकृष्ण सापकोटा रहेका छन् । पंगेनीलाई निर्विरोध चयन गरिएको हो ।

२३ अगष्ट २०१९ नेपाली जनसम्पर्क समिति साउदी अरबले समितिका सभापति दिपक रेग्मीको सभापतित्वमा मध्य क्षेत्रिय ९रियाद ० क्षेत्रिय समिति पुनर्गठन गरेको हो। समितिका संरक्षकद्दय राजु सैयद र विदुर कोइरालाको विशेष अथितिमा समितिको प्रमुख सल्लाहकार तथा गैरआवासिय नेपाली संघ मध्य पूर्व उपसंयोजक यासमिन बेगम, बरिष्ठ उपसभापति अर्जुन थापा, प्रथम उपसभापति नमराज लामिछाने, कोषाध्याक्ष द्ववारिका राज गिरी लगायत समितका अन्य पदाधिकारीहरूको उपस्थित एवं आथित्यतामा रहेको थियो ।

कार्यक्रममा शुभकामना तथा मन्तव्य एवं बन्दसत्र तथा क्षेत्रिय समिति घोषणा गरि दुईभागमा गरिएको थियो । कार्यक्रम संचालनमा जसस साउदीका महामन्त्री सुरेस राज त्रिपाठिले गर्नुभएको थियो । नेपाली राष्ट्रिय गानसँगै सुरु गरिएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेटको मौनधारण गर्दै कार्यक्रमलाई अगाडि बढाईएको थियो ।

जसस साउदीको केन्द्रीय सदस्य कोपिला अधिकार द्वारा स्वागत मन्तव्य साथै प्रवक्ता अरुण बेल्वासे, प्रथम उपसभापति नमराज लामिछाने, बरिस्ठ उपसभापति अर्जुन थापा, प्रमुख सल्लाहकार यसमिन वेगम, संरक्षकद्दय विदुर कोईराला, राजु सैयद, सभापति दिपक रेग्मी सबैले जससको गतिविधि, जससको गठन, उद्देश्य र नेपाली काँग्रेसको मुल्य र मान्यताका विषयमा प्रष्ट पार्दै बन्दै गरेको पुनर्गठित क्षेत्रिय कार्य समितिलाई दिशा निर्देशन तथा शुभकामना दिनु भएको थियो ।

राष्ट्रियता, समाजबाद र लोकतन्त्रमा विस्वास र आस्था राख्ने साउदी अरबको रियाद र अलखर्जमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको बाक्लो उपस्थित विच निम्न पदाधिकारीहरु रहने गरि नेपाली जनसम्पर्क समिति साउदी अरबको मध्य क्षेत्र रियाद क्षेत्रिय समिति पुनर्गठन निम्न पदाधिकारीहरू रहने गरि सर्वसहमतिबाट चयन गरिएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu