गैरआवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको अध्यक्षमा गैडाकोटका गैरेको उम्मेद्धारी दर्ता

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार

मिना कंडेल / नवलपुर – गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सातौ अधिवेशन अगष्ट २५ मा हुने भएको छ । एकता, सद्धभाव र सहकार्यका लागि उम्मेद्धारीको नाराका साथ अध्यक्ष पदका लागि नवलपरासी (सुस्ता पूर्व) गैडाकोट नगरपालिका वडा नं १० का तिलक गैरेले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

लामो समयदेखि कार्यरत गैरे विभिन्न सामाजिक क्षेत्र आवद्ध रहदै सामाजिक कार्यबाट आफुले आर्जन गरेको अनुभको आधारमा अध्यक्षतामा उम्मेद्धारी दर्ता गरेको बताएका छन । साथै गैरेले सवै क्षेत्र,वर्ग , जातजातिलाई एकताको सुत्रमा वाधेर सवैलाई समान व्यवहारमा अगाडि बढाउने उद्धेश्य राखेको समेत बताएका छन ।

पोर्चुगलमा रहेर नेपाली समाजमा निरन्तर समाज सेवामा सक्रिय गैरे पोर्चुगलमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्नुका साथै सामाजिक कार्यमा लागि रहेका छन् । सामाजिक कार्यमा अग्रसर गैरे पोर्चुगलको निर्वतामान वरिष्ठ उपाध्यक्ष समेत रहेका छन ।

श्रमिकका समस्या समाधान का लागि पहल गर्ने र बिगतका दिनमा काम गर्दा ब्यक्तिगत रूपमा नभई संस्थागत रुपमा बसेर काम गर्न सहजीकरण हुने विश्वासका साथ आफु अध्यक्षको पदमा उम्मेद्धारी दिएको उनको भनाई रहेको छ ।

गैर आवाशीय नेपाली संघ एनआरएनए पोर्चुगल २०१९ २०२१ को कार्यसमिति चयनका लागि हुने निर्वाचनमा, अध्यक्ष पदका प्रत्यासी ईश्वर रिजालले पनि उम्ेमद्धारी दिएका छन ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu