ज्ञानेन्द्र शाहीले गर्जिदै खोले रहस्य रविलाई फसाउन हाम्रो आन्दोलनमा सरकारले भिजलान्ते घुसायो(भिडियो हेर्नुस)

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार

पत्रकार रवि लामिछानेका समर्थकले आज पनि चितवनमा प्रदर्शन गरेका छन् । उनिहरुले जिल्ला प्रहरी कार्यालय अगाडि र भरतपुरको चौविसकोठीमा प्रर्दशन गरेका हुन् । प्रर्दशनकारी र प्रहरीविच केहीवेर झडप समेत भएको थियो । भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले चितवनका एसपी र सिडयो भेटेर निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानविन गर्न माग गरे । उनले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाई समेत भेट गरेका छन् । रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको बताएको उनले जानकारी दिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu