सञ्चारकर्मी लामिछानेको समर्थनमा झापा पनि प्रदर्शन

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार

झापा । टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा आज झापामा पनि प्रदर्शन सुरु भएको छ । सञ्चारकर्मी लामिछाने र युवराज कँडेललाई प्रहरी हिरा*सतमा लिइएको विरोधमा झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले -याली निकालेका हुन् ।

स्वतन्त्र युवा समूह बिर्तामोडको संयोजनमा ¥यालीमा सहभागी सर्वसाधारणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए ।

सहभागीहरुले पत्रकार लामिछाने र कँडेल दोषी नरहेको विश्वास व्यक्त गरे । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आ&त्मह$त्याको निष्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागी नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको व्यानर लिएर ¥यालीमा उत्रिएका थिए ।

¥याली बिर्तामोड बजार परिक्रममा गरि मुक्तीचोकमा आएर कोणसभामा परिणत भएको थियो । सहभागीले आइतबार साँझ ५ बजे पनि वृहत ¥याली तथा कोणसभा गरिने कार्यक्रम तय गरेका छन् ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सीधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आ&त्मह$त्या प्रकरणमा पक्राउ गरेको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu