आजको मौसम: आज देशका अधिकांश स्थानमा बदली रहने

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार

काठमाडौं । आज देशका अधिकांश स्थानमा आशिंक देखि सामान्य बदली रहने भएको छ । आज दिउँसो देशका अधिकांश ठाउँमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू भागमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भू भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू भागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu