वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको ९६ बर्षको उमेरमा निधन, आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार

काठमाडौं । नेपाली साहित्य र पत्रकारिता क्षेत्रका अग्रज मदनमणी दिक्षितको ९६ बर्षको उमेरमा निधन भएको छ । मृगौला, मुटु लगायतसम्वन्धी रोग लागेका दिक्षितलाई उपचार गरेर घर ल्याएकोमा घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँलाई ज्ञानेश्वरस्थीत हिमाल अस्पतालमा उपचार गराएर कालिकास्थानस्थीत निवासमा ल्याइएको थियो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने भएको छ । त्यसअघि श्रद्धान्जलीका लागि केही समय राखिने भएको छ । नेपालका सर्वाधिक महत्वपूर्ण मानिने मदन पुरस्कार, साझा पुरस्कार, पद्यमश्री पुरस्कार लगायतका हजारौँ पुरस्कार तथा सम्मानहरु प्राप्त गर्नुभएका दिक्षितले नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा ठुलो योगदान पु¥याउनु भएको छ ।

बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका पुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गते (सन् १९२३ फेब्रुवरी १७) का दिन उहाँको जन्म भएको हो । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितलाई वि. सं. २०६८ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

उनको पहिलो रचनाका रूपमा वि.सं. २०१९ मा रूपरेखामा ’कसले जित्यो कसले हा¥यो’ शीर्षकको कथा प्रकाशित भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहनु भएको थियो । माधवी उपन्यास, चरैवेति, हाम्रा ती दिन र त्यो युग निबन्ध संग्रह, म रुँदै बिर्सन्छु संस्मरण, बर्लिन डायरीका पाना यात्रावर्णन लगायतका उहाँका दर्जन कृतीहरु प्रकाशित छन् ।

उहाँको निधनप्रति पत्रकारिता र साहित्यीक क्षेत्रका विभिन्न व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । उहाँका पारिवारिक सदस्य तथा बरिष्ठ पत्रकार कनकमणी दिक्षितले ट्वीट गरेर उहाँको निधन भएको पुष्टी गर्नुभएको छ ।

साझा प्रकाशनका पुर्व अध्यक्ष डोलेन्द्र प्रसाद शर्माले पनि उहाँप्रति श्रद्धासुमन बाहेक अरु व्यक्त गर्ने शब्द नभएको उल्लेख गर्नुभएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu