किन लुकाइयो प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट ?

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन सिंगापुरमा उपचार गरेर फर्केको दुई दिन बितिसक्दा पनि सरकारले उनको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छैन ।

मुलुकको प्रमुख कार्यकारीको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नगराइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ–सिंगापुरबाट गत सोमबार फर्केपछि प्रधानमन्त्री ओलीले ट्वीटरबाट स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका थिए ।

कार्यकारी प्रमुख के समस्याका कारण स्वदेशमै उपचार नभएर विदेश जानुपर्योे र उपचारपछिको अवस्था कस्तो छ भन्नेमा पारदर्शी हुनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu