दूधको मूल्य बढाउन दबाब बढेपछि कार्यदल गठन

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार

काठमाडौं । किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि सरकारले मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ ।

दूधको उत्पादन लागतका आधारमा अध्ययन गरी मूल्य सिफारिस गर्नका लागि बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आठ सदस्यीय कार्यदल गठन गरेको हो ।

मन्त्रालयका अनुसार दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । –नागरिक दैनिकबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu