पत्रकार शालिकराम पुडासैनीले आ#त्मह$त्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीले आ#त्मह$त्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ। यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आ#त्मह$त्या प्रकरण गम्भीर मोडमा पुगेको छ। पुडासैनीले आ#त्मह$त्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन्।

पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्। उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्।

सिधा कुरा जनतासँग कार्यक्रम युनिटले के कसरी पैसा असुल्छ र रवि लामिछानेको सक्कली रुप के हो भन्नेबारे बिस्तारै खुल्दै जाने समेत उनले बताएका छन् ।

‘रातदिन काम लगाएर मलाई कम पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्‍याए। थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४-५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्‍याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ’, उनले भिडियोमा भनेका छन्, ‘केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन ।

दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२-२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’

आफूलाई दुरुपयोग गर्न गरिएको योजनाबारे पनि उनी बोलेका छन्। ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी….कार्कीको पछि लगाए’, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्‍याइदिएँ।

पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बला#त्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्‍नँ ।’ नुवाकोट बेलकोटगढी-३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आ#त्मह$त्या गरेको विषयले केही समय यता नेपाली पत्रकारिता क्षेत्रलाई तरंगित गरेको छ।

उक्त एक्स्क्लुसिभ भिडियो प्रहरी वा अन्य निकायलाई अनुसन्धानका लागि उपलब्ध गराउन तयार रहेको कुरा भिडियो सार्बजनिक गर्ने अनलाइन नेपाल आजले बताएको छ। केही व्यक्तिगत कुरासमेत भिडियोमा भएकाले केही भाग गोप्य राखिएको पनि नेपाल आजले उल्लेख गरेको छ ।

भिडियो : नेपाल आजबाट साभार

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu