भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः प्रदीप गिरी

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन्।

संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा भारतले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौतालगायत विषयमा छलफल भएको थियो। छलफलमा बोल्दै समिति सदस्य गिरिले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन्।

गिरीले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफल भईरहँदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाईदिने अभिव्यक्ति दिएका हुन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल-भारत सिमानामा काँडेतार लगाउने र सुरूङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरू नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउनेमात्रै काम गरेको बताए।

उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए। नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपुर्ण यथार्थतालाई समयमै आत्मसाथ गरी पहलकदमी गर्न उनले आग्रह गरे।

उनले भने, ‘विपक्षमा रहेर कहिलेकहीँ पनि त्यस्ता मागलाई उठाउनु हुँदैन। जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस्। कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन। सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो। हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ। भुटान बनाउँछ। तथ्य हो यो।’

छलफलमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठूलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कूटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए। उनले विशेषज्ञहरूका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू-भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भइरहेको दाबी गरे।

त्यसैगरी सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक बहाव रोकिने गरी संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्षेनी ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै रावलले सीमा विवाद सुल्झाइ अतिक्रमण रोक्नु पर्नेमा जोड दिए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu