आजको मौसम: देशका धेरैजसो स्थानमा चट्याङ्ग सहितको वर्षा हुने सम्भावना

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार

काठमाडौं । आज देशको अधिकांश ठाउँमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुनेछ ।

देशको पहाडि भू भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ ।

हाल देशको मध्य तथा पूर्वी तराईका भू भागमा आंशिक बदली र बाँकी भू भागमा सामान्य बदली रही पश्चिमी पहाडी भू भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थानमा छ । र उत्तर तिर सर्ने क्रममा छ । साथै नेपालको पूर्वी र मध्य भू भाग नजिक एउटा न्युन चापिय प्रणाली रहेको छ र यो प्रणाली पश्चिम तिर सर्ने क्रममा रहेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu