रवी लामिछानेको अबका ४० दिन सङ्कटका दिन भन्दै ज्योतीष अर्जुन क्षेत्रीले लेखे यस्तो स्टाटस

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार

काठमाडौँ । फेस रिडर भनेर चिनिएको ज्योतीष हुन् अर्जुन क्षेत्री । उनी केहि समय अगाडि नेपालमा ठूलो भूकम्प आउँछ भन्दै मानिसहरुमा त्रास फैलाएको भन्दै प्रहरीलेपक्राउ समेत गरेको थियो ।

उनी पक्राउ पर्नु अगाडि निकै चर्चाको पात्र बनेका थिए । तर पछिल्लो समय जति उनलाई सपोर्ट गर्ने छन् त्यो भन्दा धेरै उनलाई गाली गर्ने भेटिन्छन् । यो कुरा उनलाई सामाजिक सञ्जालमा गरिएका गालीबाट प्रष्ट बुझ्न सकिन्छ ।

उनी जेल परेर छुटेपनि अरुको भविस्यवाणी गर्न भने अझै छोडेका छैनन् । उनी दिनहुँ जसो फेसबुक लाईभमार्फत अरुको भविष्य हेरिरहेका हुन्छन् ।

तिनै अर्जुनले आज पत्रकार रवी लामिछानेको भविस्यवाणी गरेका छन् । उनले पत्रकार रवीलाई आजका दिनदेखी ४० दिनसम्म ठूलो संकट पर्ने भन्दै फेसबुकमा लामो स्टाटस लेखेका छन् ।

स्टाटसमा अर्जुनले रवीलाई भेट् चाहे पनि भेट्न असमर्थ भएका कारण यो सबै स्टाटस मार्फत नै सबै जानकारी दिन लागेको उल्लेख गरेका छन् ।

उनले स्टाटसमा लेखेका छन्– ‘‘हजुर भगवानप्रति शास्त्र र शक्ति प्रति विश्बास गर्नु हुन्छ या गर्नु हुन्न त्यो त म भन्न सक्दिन तर दाजु हजुरको मैले फेस रिडिङ गर्दै जानेक्रमम देखाएको कुरा लेख्दै छु ।’’

रवीलाई ठुलै सङकट, ब्रजपात, चुनौतिको समय रहेकाले सचेत रहन अर्जुनले आग्रह गरेका छन् । अर्जुनका यी कुरालाई लिएर रवीको के विचार आउने हो वा होइन त्यो भने प्रतिक्षाकै घडि बनेको छ । तर यहाँसम्म बुझ्न सकिन्छ कि रवी आफ्नो कामका कारण सधै संकट हुन्छन् ।

अर्जुनको पूरा स्टाटस पढ्नुहोस्ः

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu