मालपोत कार्यालय भक्तपुरका कम्प्युटर अधिकृतद्वारा पत्रकारमाथि दुर्व्यवहार

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार

भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरमा पत्रकारमाथि दुव्यवहार भएको छ । लगातार दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन र कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको रिपोर्टिङ गर्न गएका पत्रकार सुशिलबन्धु थापालाई मालपोतको कम्प्युुटर अधिकृत शिबराज पोखरेलले दुव्यवहार गरेका हुन्।

सेवाग्राहीहरुको आग्रहमा मालपोत कार्यालयमा सर्भर डाउन भएको रिपोर्टिङ गर्न पुगेका भक्तपुरन्युज डटकमका प्रतिनिधि थापा, कान्तिपुर टेलिभिजनका भक्तपुर प्रतिनिधि सुन्दर सिल्पकार, न्युज २४ टेलिभिजनका भक्तपुर प्रतिनिधि रामगोपाल तमखु र हिमालय टेलिभिजनका भक्तपुर प्रतिनिधि मोहन बल्ल रिपोटिङको लागि मंगलबार मालपोत कार्यालय भक्तपुर पुगेका थिए ।

कार्यालयमा समाचार संकलनको दुश्य खिचिरहेका पत्रकार थापामाथि कम्प्युुटर अधिकृत पोखरेलले दुव्यवहार गरेका हुन् ।

सूचना अधिकृत महेश अधिकारीसँग स्विकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा एकाएक आएर उनले दुव्र्यवहार गरेका हुन् । उनको दुव्र्यवहार पश्चात सूचना अधिकृत अधिकारीले माफि समेत मागेका थिए ।

कम्प्युटर फाँटमा रहेका छ कर्मचारी मध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजिनामा दिएको र बाँकी तीन कर्मचारी त्यसमा पनि हिजो देखि नै सर्भर डाउन भएपछि सेवाग्राहीहरु मर्कामा परेका थिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu