कमिसन बुझ्न गएका वडा सदस्यका छोरा पक्राउ

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार

जनकपुरधाम : विकास निर्माणको काममा बुवाले मागेको कमिसन रकम बुझ्न गएका वडा सदस्यका छोरा पक्राउ परेका छन्।

महोत्तरीको भंगहा नगरपालिका -८ का वाड सदस्य कारी साहका छोरा मुकेश साहलाई १ लाख ६० हजार रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ। उक्त रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई जनकपुरबाट पक्राउ गरेको हो।

उपभोक्ता समितिमार्फत भएको विकास निर्माणको काममा वडा सदस्य साहले कमिसन मागेका थिए। सो कमिसनको रकम ल्याउन उनले आफ्नो छोरालाई मंगलबार जनकपुर पठाएका थिए।त्यही क्रममा अख्तियारको बर्दिबासको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

टोलीले भंगहा नपा ८ मा भइरहेको पिसिसी ढलानको लागि छुट्याइएको करिब २० लाख रुपैयाँमध्ये वडा सदस्य साहले आफुलाई १ लाख ६० हजार कमिसन मागेका थिए। सोही रकम लिन जादा साहका छोरा रकमसहित उनलाई पक्राउ परेका हुन् ।

जनकपुरको पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै मुकेशलाई नियन्त्रणमा लिइएको हो। सो रकम वाडध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाई लिन पठाएको बुझिएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu