यसरी सुरु भएको थियो सिउदोमा सिन्दुर लगाउने प्रचलन

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार

तपाईलाई थाहा छ हिन्दु धर्ममा सिउदोमा सिन्दुर लगाउने चलन कहिले बाट सुरु भयो। यो त अबस्य पनि थाहा छ की विवाहित महिलाले आफ्नो दिउदोमा सिन्दुर लगाउने गर्छन।

शास्त्र अनुसार भगवानले दुइलाई जीवनदान दिएका थिए जसमा एकको नाम वीर थियो अर्को एकदम सुन्दर र धीरता भएकी सुन्दर केटि थिन । तिनै दुईले एक आपसमा विवाह गरेका थिए।

तिनीहरु सधै जंगलमा शिकार खेल्न जान्थे। ति दुइ जनाको विवाह पछिको प्यार सारा दुनियालाई चकित बनाएको थियो।

एक दिन तिनी हरु जंगल शिकार खेल्न गएका थिए तर त्यो दिन तिनीहरुले कुनै शिकार गर्न सकेनन। त्यस पछि तिनीहरु तेही जंगलको फलफुल खाएर रात त्यहि बस्ने सल्लाह गरे। रातमा बिरालाई तिर्खा लागेर नजिकको कुवामा पानी लिन गएका थिए। एता विराकी पत्नी धिरा त्याही बसी रहेकी थिन।

पानी लिन जादै गर्दा विरालाई राक्षसले हमला गरे। राक्षसको हमलाले वीरा घाइते भएर जमिनमा लडी रह्यो। वीरा जमिनमा यतिकै लडिरहेको देखेर राजास खुसीले हास्न लागे।

राक्षस हरुको हसाइ सुनेर विराकी पत्नी धिर त्यहा गएर हेरिन आफ्नो पती भुइमा लडी राखेको यता राक्षस भने हासेर बसेको। यो सब देखेर क्रोधित भएकी धिराले पनि त्यो राक्षस लाई हमला गरिन। राक्षस र धिरा विचको लडाइले विरालाइ होस् आयो।

आफ्नो लागी पत्नीले ज्यानको दाउ राखेर राक्षस संग लडेको देखे पछि विराले पत्नी धिराको वीरता देखेर आफ्नो खुन लगाएर धिराको सिउदो रंग्याई दिएका थिए। यहि दिन बाट विवाहित महिलाले सिउदोमा सिन्दुर लगाउन सुरु गरेका हुन्।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu