अपडेट: तनहुँको बन्दीपुरमा, ५३ वर्षीय श्यामबहादुरको घाँटी रेटेर हत्या
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रे*टेर ह*त्या भएको छ । पहिचान नखुलेको समूहले शाहीको घाँटी रे*टेर ह*त्या गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बे*पत्ता भएका थिए । शाहीको खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृ*तक शाहीको घाँटीमा धारिलो हति*यारको चोट छ ।
सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको श*व देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घट*नाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको ह*त्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
‘घट*नाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम सुरु गरिसकेका छौँ’, प्रहरी उपरीक्षक सिलवालले भने, ‘शंका लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौँ ।’ ह*त्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए ।
शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको ह*त्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । ‘चार–पाँच तोला सुन र रु ४०–५० हजार उहाँसँग सधैँ हुन्थ्यो’, एक स्थानीयवासीले भने, ‘त्यही प्रलोभनका कारण उहाँको ह*त्या भएको हुनसक्छ ।’(सौर्य अनलाइनबाट)