‘हजार जुनीसम्म’ को शीर्ष गीत सार्वजनिक, आयुषको आवाजमा अनुभवको अभिनय (भिडियोसहित)

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार

काठमाडौं । चलचित्र ‘हजार जुनीसम्म’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आइतबार गीतको लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भारतीय टिभी शो ‘सारेगमप लिटिल च्याम्प’ मा सहभागी भएर चर्चामा आएका आयुष केसीले यो गीतमा स्वर दिएका छन् । यो गीतको ओर्जिनल भर्सनमा गायक उदय सोताङको स्वर छ । गीतमा योगेन्द्र घतानीको संगीत छ भने पवन चाम्लिङका शब्द छन् ।

गीतमा चलचित्र ‘हजार जुनीसम्म’ का कलाकारलाई देखाइएको छ । यद्यपि भिडियोमा फिल्मका बारेमा खुलाइएको छैन । यो चलचित्रलाई विकास राज आचार्यले निर्देशन गरेका हुन् ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट अखिलेस प्रधानले नेपाली फिल्ममा डेब्यु गर्दैछन् ।

विशाल चाम्लिङको कथा रहेको यो फिल्ममा विकास राज आचार्य र सामीप्य तिमिल्सिनाको स्किृप्ट रहेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu