जीर्ण भवन र कक्षाकोठा अभावका कारण खुल्ला आकासमा पढ्दै विद्यार्थी
प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार
बझाङ । बझाङ्ग सदरमुकाम चैनपुरमा रहेको नमूना निम्न माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव हुँदा विद्यार्थीहरु खुल्ला आकासमा पढ्न बाध्य भएका छन् ।
कक्षा १ देखि ६ सम्म सञ्चालन हुँदै आएको नमूना निम्न माध्यामिक विद्यालय चैनपुरको भवन जीर्ण पुरानो भवन कक्षाकोठा अभावमा विद्यार्र्थीको पठनपाठन प्रभावित बन्दै गएको छ । बझाङ्ग जिल्लाकै सबैभन्दा बढी दलित विद्यार्र्थीको सङ्ख्या रहेको विद्यालयमा ७४ जना छात्र ७१ जना छात्रा छन् ।
यसअघि कक्षा ८ सम्म सञ्चालन भए पनि विद्यालय शिक्षक दरबन्दी समस्याका कारण दुई कक्षा घटुवा भएको थियो । अहिले ३ स्थायी दरबन्दी, २ राहत र २ बालकोटा शिक्षक दरबन्दी रहेको छ ।