‘कबड्डी कबड्डी कबड्डी’को टाइटल गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार

काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टाइटल गीत सार्वजनिक भएको छ। चलचित्रको यस टाइटल गीतलाई काली प्रसाद बास्कोटाले गाएका छन्। गीतमा र्याप पनि गाइएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट यो गीत सार्वजनिक भएको हो। यस अगाडि यस चलचित्रको ‘दुबो फुल्यो’ बोलको गीत सार्वजनिक भइसकेको छ। उक्त गीतमा हेमन्त राणा र रितिका श्रेष्ठको आवाज रहेको छ।

चलचित्र कबड्डीको सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्र बनाइएको हो। यस चलचित्रको निर्माता मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियार हुन्भने यसका लेखक रामबाबु गुरुङ हुन्। चलचित्र निर्देशक पनि राम बाबु गुरुङ नै हुन्।

यस चलचित्रमा दयाहाङ राई, विजय बराल, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, अरुणा कार्की पोखरेल, उमसना सिंह ठकुरी लगायतको भूमिका रहेको छ।

चलचत्रि असोज ३ गते प्रदर्शनमा आउने छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu