पच्चिस मिटरको राजमार्ग बिस्तार सोह्र मिटरमा कसरि झर्यो

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार

जिल्ला समन्वय समितिको मकवानपुरको मिति २०७६/०४/२६ गते सम्पन्न भएको चौथो जिल्ला सभामा तिन नम्बर प्रदेसका मुख्य मन्त्रि डोरमणि पौडेलले हेटौडा बजार भएर जाने त्रिभुवन राजपथ तथा महेन्द्र राजमार्ग सडक बिस्तार २५ मिटर नभएर १६ मिटर मात्र कायम हुने जानकारी दिएका छन ।

मुख्यमन्त्रीको अभिव्यक्ति न्युजमा आउना साथ हेटौडा को चर्चित अनलाईन पत्रिका तु.खबर डटकमले सडक बिभाग डिभिजन कार्यालय हेटौडाका सूचना अधिकारि जयराम अधिकारि संग प्रतिक्रिया माग्दा मुख्यमन्त्रीको अभिव्यक्तिले २५ मिटर सडक बिस्तार अभियानमा कुनै धक्का नलाग्ने जानकारी दिए ।

हेटौडाको मुख्य बजार सिमाचोकमै मुख्यमन्त्री डोरमणि पौडेलको घर रहेको छ जसलाई हेटौडेली जनताले व्यंग्यात्मक शैलीमा हेटौंडाको पेन्टागन भनेर भन्ने गर्छन । उक्त घर मुख्यमन्त्रि पौडेलले  आफु हेटौडा नगर पालिकाको मेयर पदमा निर्वाचित भए पछी जग्गा खरिद गरि निर्माण गरेका हुन ।

जग्गा खरिद गरे पछी नयाँ घर निर्माण गर्दा राजमार्गको दायाँबायाँ नगर पालिकाले तोके बमोजिम जग्गा छाडी घर निर्माण गर्नु पर्नेमा त्यसो गरेको देखिदैन ।

२५ मिटर सडक बिस्तार गर्दा उक्त घर पुरै राजमार्ग बिस्तारमा पर्ने कारणले गर्दा मुख्य मन्त्रि लगाएत पहुँचवाला ब्यक्तिहरुको कारणले गर्दा हेटौडा बजार भएर जाने दुवै राजमार्गहरुको बिस्तारमा ढिलाई हुन पुगेको जो कोहिले पनि सजिलै संग ठम्याउन सक्छन ।

मुख्यमन्त्री जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले बिकास निर्माणको कार्यमा आफै अगाडी सरेर नमुना देखाउनु पर्नेमा त्यसो नगरी २५ मिटरको बाटो बिस्तारलाई १६ मिटरमा बिस्तार हुन्छ भन्नु गलत बयानबाजी गर्नु हो भने सडक डिभिजनले कोहि कसैको डरत्रासमा नपरी नियमानुसार सडक बिस्तार गर्नु पर्दछ ।

हेटौडाबाट जनकमान डंगोल

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu