यी पाइप फिटरले नानो कारलाई बनाए हेलिकप्टर

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार

काठमाडौं – भारतको बिहार राज्यमा रहेको छपरामा बस्ने २४ वर्षीय मिथिलेश प्रसादले आफ्नो नानो कारलाई हेलिकप्टरको डिजाइन दिएका छन् । हेलिकप्टर जस्तो देखिने कार अहिले आकर्षणको केन्द्र बनेको छ ।

मिथिलेश पेशाले पाइप फिटर हुन् र उनले टाटा नानो कारमा हेलिकप्टरको आधारभूत डिजाइन फिट गरेका हुन् ।

हुन त यो कार उड्न सक्दैन तर यसमा हेलिकप्टरकै जस्तो मेन रोटोर, टेल बूम र टेल रोटोर छ । रोटोर र साइड प्यानलहरूमा रंगीबिरंगी एलईडी बत्ती जडान गरिएका छन् ।

मिथिलेश र उनका भाइलाई यो डिजाइन बनाउन सात महिना जति लाग्यो र यसमा उनीहरूले सात लाख भारु खर्च गरे ।

१२ कक्षा उत्तीर्ण गरेका मिथिलेशले पहिलेदेखि नै हेलिकप्टर बनाउने सपना देखेको र हेलिकप्टर बनाएर उडाउन नपाएपनि सडकमा हेलिकप्टर कार गुडाउन पाएको बताए ।एजेन्सी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu