तपाईंको बच्चा घमण्डी वा जिद्दी छ ? यसरी सुधार्नुहोस

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार

राम्रो व्यवहार देखाउनुस

बच्चाले जे मन लाग्यो त्यही गर्न थाल्यो भने उसलाई ठटाएर वा बेस्सरी गाली गरेर आफ्नो क्रोध उसमाथि नउतार्नुस् । यसले बच्चामा खराब असर पार्छ । उसको कोमल मनमा के गढ्छ भने आफूले जे गरे पनि पिटाइ खाइहालिन्छ र ऊ जिद्दी हुँदै जान्छ । त्यसैले बच्चालाई प्रेमपूर्वक सम्झाउनुस् ।

बच्चाको साथी बन्नुस

बच्चालाई के मन पर्छ के मन पर्दैन त्यसको पूर्ण विचार गर्नुस् । समय निकालेर उससँग खेल्नुस् र खेलखेलमै उसलाई ज्ञानका कुरा सिकाउनुस् । यसले गर्दा बच्चा तपाईंको निकट हुन्छ र उसले जिद्दी ग–यो भने पनि तपाईंले उसलाई सजिलै सम्झाउन सक्नुहुन्छ ।

सही शारीरिक भाषा

कहिलेकाहीँ स्कूलमा वा घरमा मानिसहरू सानो सानो कुरामा बच्चालाई पिटिरहन्छन् । यसो गर्दा बच्चा इरिटेट हुन्छ । त्यसैले बच्चाँग सही बडी ल्याङ्ग्वेज वा शारीरिक भाषा अपनाउनुपर्छ । नभए बच्चाले खराब बानी सिकेर तपाईंको नक्कल गर्न थाल्छ ।

रोलमोडल बन्नुस्ब

च्चालाई दिनदिनै केही न केही नयाँ कुरा सिकाउनुस् । तपाईं असाध्यै व्यस्त हुनुहुन्छ भने पनि सप्ताहान्तमा बच्चाका लागि समय अवश्य निकाल्नुस् । बच्चालाई एक्लोपनको अनुभव हुन नदिनुस् । तपाईंलाई उसलाई ध्यान दिनुभयो भने उसले तपाईंसँग नजिकिन मन पराउँछ ।

बच्चालाई सरप्राइज दिनुस

आमाबुवाले समय छुट्ट्याउन नसक्दा बच्चाहरूले आफूलाई उपेक्षित ठान्छन् । त्यसले गर्दा उनीहरूको व्यवहारमा परिवर्तन आउन थाल्छ । त्यसैले विद्यालयमा बच्चाहरूले राम्रो प्रदर्शन गरे भने समयसमयमा उसले चाहेको जस्तो वस्तु ल्याएर दिनुस् । उसको हरेक क्रियाकलापमा तपाईंको नजर छ भन्ने अनुभव गराउनुस् । मौका आउनेबित्तिकै प्रशंसा गर्न नभुल्नुस् ।

प्रेमपूर्वक सम्झाउनुस

बच्चाले गलत क्रियाकलाप ग–यो वा कुनै कुराका लागि जिद्दी ग–यो भने आँखा तर्नुभन्दा प्रेमपूर्वक सम्झाउनु ठीक हुन्छ । बच्चालाई उसकै अगाडि अर्को बच्चासँग तुलना नगर्नुस् । ऊ तपाईंका लागि विशेष हो भनी सम्झाउनुस् । यसो गर्दा बच्चा तपाईंनिकट हुन्छ र उसको खराब व्यवहार पनि सुध्रिन्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu