प्रतिनिधि सभाको बैठक आज बस्दै ‘कृषि, वन, गृह र खेलकुदका विषयमा प्रस्ताव पेश हुने’

प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठकमा कृषि, वन, गृह र युवा तथा खेलकुद् मन्त्रालयका बारेमा बिभिन्न प्रस्तावहरू पेश हुने भएका छन् ।

संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभा अन्तर्गत गठित विषयगत समितिमामा रहने सदस्यको नाम हेरफेरको बारेमा जानकारी दिनुहुने छ भने त्यसपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले ‘विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ ।

मन्त्री खनालले नै ‘बिउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद विकास विधेयक, (२०७५) माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र गृह मन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘प्रहरी समायोजन विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने प्रारम्भिक कार्यतालिका बनेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

गृहमन्त्री थापाले नै ‘प्रहरी समायोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको वातावरण संरक्षण विधेयक, (२०७५) र वातावरण संरक्षण विधेयक, (२०७६) लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu