थरि थरिका मगन्ते

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार

भिखारी अर्थात माग्ने (मगन्ते) भन्नाले आफ्नो जीवन धान्न वा बाच्नको लागि अर्काको घर दैलो दैलोमा चाहर्दै याचनाको साथ भिख मागेर गुजारा चलाउने व्यक्तिलाईभनिन्छ । भिखारीको कुनै घर वा बासस्थान हुँदैन । मागेर गुजारा गरेर जिबन धान्नु बाहेक यिनको अरु पेशा पनि हुन्न ।

हाम्रो देस नेपालमा बितेका केहि बर्षहरु देखि छुट्टै किसिमको भिखारीहरु देखिन थालेको छ । बासस्थान छैन भनौ भने महलमा बस्छन । महलमा बस्नेहरुले खाने भनेको चौरासी व्यंजन हो भने लगाउने पोसाकको त के झन् कुरा गराई भो महलमा बसी सके पछी पाउकस्ट गर्ने कुरा पनि भएन । यस्ता आधुनिक विकासे भिखारीहरु लाइ नेपालको जनताहरुले राजनीतिक पार्टीको नेता तिनका नजिकका कार्यकर्ता भनेर चिन्ने र जान्ने गरेका छन ।

यी राजनीतिक भिखारीहरु पनि बडो अजिब अजिबका हुन्छन । यिनिहरूले माग्ने भिखको तौरतरिका पनि छुट्टै हुन्छ । पहिलो चरणमा प्रेमीले प्रेमिकालाइ पठाउने प्रेम पत्रजस्तै गरि पार्टीको निला, राता, हरिया पहेंला आदि इत्यादि रंगको कागजमा कम्प्युटरे टाइप देखि हस्तलिखित चिट्ठी पत्रहरु प्रदान गर्ने गर्दछन । पेट बोलीमा लेखेका हुन्छन बामे सर्दै गरेको बिकासको अनि देस र जनताको परिवर्तनको लागी यहाँको तर्फ बाट सानो सहयोगकोअपेक्षा गरेका छौ । त्यो सानो भनिएको सहयोग रकम करोड देखि अर्बौ सम्मका हुन्छन ।

दोश्रो चरणमा आदेशको पालना किन भएन भनेर तरताकेता गरिन्छ ।  ‘ज्यु रहेपो खान पाइन्छ घ्यु’ भन्दै पैसोवाल दाताले हजुरको हुकुम सर आँखो पर माइबाप । हजर श्रीमानको जो निगाहा । गरिबको दैलामा सहयोग लिन सवारी होस भनेर खबर पठाउछन । साँच्चिकै भिखारी पाउकस्ट गर्छन तर हाम्रा राजनीतिक भिखारीहरु जापानमा बनेको प्राडो, पजेरो देखि छिमेकमा बनेको टाटा, बोलेरोको यात्रा गरेर भिख थाप्न जान्छन ।

यस्तै गरि भिख बटुलेर हिजोका ति भिखारीहरू अहिले घटीमा पनि बायुपंखी घोडा चढ्ने भै सकेका छन भने कास्मिरी बासमती भन्दा अरु घाटी बाट छिराउन छाडी सकेका छन । हाच्छ्युं मात्र आयो भने पनि लौ स्वास्थ्य गडबडी भो भन्दै आकासे एम्बुलेन्स बोलाएर उपचारको नाउँमा हनुमाने फौज लिएर जान बेर लाउदैनन ।

चिनिधेरै खायो भने तितो हुन्छ । एकैनासको काम कार्य गर्दा बोरिंग फिल हुन्च्चरे भनेर आजकल भिख माग्ने नयाँ तरिकाको आविस्कार गरिएको छ । जसरि सर्खारले ठेक्दारको वा उधोगपतिको काम र दामको आधारमा बिदेसिको भाखा भन्ने क्याटेगरी नामको बर्गिकरण गरेको हुन्छ त्यस्तै गरि राजनीतिक भिखारीहरूले पनि क, ख, ग, घ गरेर चन्दा नामको भिखको बर्गिकरण गरेका छन । अब कुन कुन दाता कुन कुन श्रेणीमा पर्छन त्यो बताउनु नपर्ला । बिदेसबाट पाउकस्ट हुने युरो, डलर देखि पाउण्ड वाला अर्थात आई एन जी.यो को त झन् कुरैनगरम ।

बेपार ब्यबसाय गर्ने लाइ बेपारी भनिन्छ । बेपारिको मनमा न राम हुन्छ न हरि । जाहाँ बाट जता बाट जे जसरि भए पनि सुकर्म होस् वा कुकर्म पैसो कमिनु पर्यो । हातमा कचौरा लिएर दैलोमा आउने देखि लिएर प्राडो, पजेरो र बोलेरो सुमो लिएर आउने सम्मलाइ यिनीहरुले असर्फी  बर्साउने गर्छन । नगरेर के गर्नु ज्यान देखि धन सम्मको सवाल छ ।

१०४ बर्षे राणा, बिचको प्रजातन्त्र, ३० बर्षे पंचायत देखि फेरी रिन्यु भएको प्रजातन्त्र हुँदै अहिलेको गणतन्त्र सम्म आइपुग्दा बेपारीहरु पनि धेरै परिवर्तन भै सकेका छन । राणा देखि पन्चेतको शासनमा पाटि पौवा खोलेर दान सदावर्त चलाउने देखि  दैलोमा उभिनेहरु लाई अतिथि देवो भव: भन्दै   सुका मोहोर दिन्थे । बेपार गरेर मनग्गे कमाउथे । आफ्ना कामदारलाई कुस्त बोनस दिन्थे र धार्मिकदेखि सामाजिक कार्यमा समेत उत्तिकै दत्तचित्तले लाग्थे ।

केहि दिन अगाडी एकजना क्रान्ति गरेर आउनु भएको मन्त्रिज्यू ले अनुहार अमिलो बनाउदै भन्नु भो ‘चाहेर पनि हामीहरुले ब्यापारीहरु लाई कारबाही गर्न सक्दैनौ । चुनाव खर्चको नाउँमा लिएको चन्दा हामीहरुको लागि तातो पिंडालु भएको छ । मन्त्रीज्यू को भनाईलाई नकार्न पनि सकिदैन ।  घाटाको बेपार कसैले पनि गर्दैनन ।

हिजो पंचायती शासनमा उधोगपति देखि कम्पनीहरुले बोनस खुवाउन कम्पिटिसन गर्थे । बोनस खुवाउनु भनेको उधोग तथा कम्पनिहरु नाफामा जानु हो । अहिले कर्मचारीलाई बाड्ने बोनस देखि लिएर धार्मीक तथा सामाजिक कार्यमा खर्चिने नाफाको पैसा राजनीतिक भिखारी देखि तिनका अरिंगाले फौजहरु लाई बाँड्नु पर्ने बाध्यता छ । उधोग कम्पनि बचाउन नचाहेर पनि दुई नम्बरी धन्दा देखि कर छल्नु पर्ने बाध्यता आएको छ । चन्दा दिन सक्दिन देखि हुन्न भन्ने प्रश्न आएको खण्डमा आर्यघाट पुर्याउन बेर लाउदैनन । ज्यु रहे पो खान पाईन्छ घ्यू । गाइ मारेर गधा पोसे पछी देश र जनताको बिकास कसरि हुन्छ ? आजको खाँटी प्रश्न यहि नै हैन र ?

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu