थोत्रा कपडामा नेपाली युवाले देखाइदिए चमत्कार, फ्याँक्नु भन्दा यसरी बनाउनुस् चाहे जस्तो ब्याग (भिडियोसहित)

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार

काठमाडौं । घरमा पुराना कपडा थुप्रिएर चिन्तित हुनुहुन्छ ? यदि हो भने यो भिडियोले तपाईंको चिन्ता दुर गरिदिनेछ । काठमाडौंको असनमा दुई युवाले पुराना कपडा पुर्नप्रयोगमा ल्याउने जुक्ति निकालेका छन् । फाटेका जिन्स, थोत्रा कपडालाई उनीहरुले आकर्षक ब्यागमा रुपान्तरण गरिदिन्छन् । असनमा राजन चक्रधर र पुष्पा स्थापितले खोलेको हुन् ‘अपसाइकल नेपाल– रिभाइभ’ । हेर्नुहाेस् भिडियाेः

अपसाइकल नेपालले ग्राहकले ल्याएका पुराना वा फाटेका कपडाबाट ल्यापटप, ट्याब वा अन्य ग्याजेटको ब्याग बनाइदिन्छ । त्यति मात्रै होइन अफिसियल र शपिङ ब्याग पनि तयार पार्छन् उनीहरु । ग्राहकले पुराना कपडा दिएर आफ्नो प्रयोजन अनुसारको ब्याग पनि अर्डर गर्न सक्छन् । त्यसमा केही शुल्क लिएर अपसाइकल नेपालले तपाईंले भनेजस्तै डिजाइनको ब्याग बनाइदिन्छ ।

एमबीए तहको अध्ययन सक्न लागेका यी दुई युवा आफ्नै उद्यमले स्थापित हुने दौडमा छन् । बजारीकरणमा दौडिरहेका उनीहरु पुराना कपडाको पुर्नप्रयोगले वातावरणीय प्रभाव न्युनिकरणमा पनि टेवा पुग्ने तर्क गर्छन् । हामीले यिनै दुई युवासँग भलाकुसारी गरेका छौं । हेर्नुहोस् माथिको भिडियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu