विकास निर्माणको काम गर्दा वातावरणलाई पर्ने असरलाई ध्यान दिन आग्रह

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार

काठमाडौं । विकास निर्माणको काम गर्दा दिर्घकालिन असरलाई पनि ध्यान दिन स्थानीय तहलाई वन तथा भू–संरक्षण विभागले आग्रह गरेको छ ।

दिर्घकालिन असरको अध्ययन नगरी गरिएको विकास निर्माण र सडकका कारण वर्षायाममा पहिरो जाने र मानवीय क्षति हुने हुँदा विकास निर्माणका काम गर्दा वातावरणिय प्रभाव मूल्यांकन गरेर मात्र काम अगाडि बढाउन विभागले आग्रह गरेको हो ।

स्थानीय तहले विपद् व्यवस्थापनको लागि योजनाहरु बनाउने गरेपनि व्यवस्थित हुन नसक्दा पहिरोबाट हुने क्षति कम हुन नसकेको विभागले जनाएको छ ।

पहिरो नियन्त्रणको लागि स्थानिय तहले सडक निर्माण गर्दा ध्यान दिनुपर्ने र रुखविरुवा रोप्नु पर्ने विभागको जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाका योजना अधिकृत प्रेमप्रसाद पौडेलले बताउनुभयो । महाशाखाले गरेको एक अध्ययन अनुसार अहिलेसम्म देशभरी नौ हजार तीन सय ८० वटा पहिरो गएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu