आज देशका अधिकांश ठाउँमा मौसम बदली रहने, केहि स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
काठमाडौं । आज देशका अधिकांश ठाउँमा मौसम बदली रहने भएको छ । आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पश्चिमी भू भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा, पूर्व र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुनेछ । हाल देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही देशका एक दुई स्थानहमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
देशका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल पनि सक्रिय रहेको महाशाखाको भनाइ छ । मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर रहेको छ ।
भारतको पुर्वी छत्तिसगढमा अबस्थित Deep Depression पश्चिम –उत्तरपश्चिम तिर कमजोर भएर सर्दै जाने देखिएको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ ।