के तपाई दॉत दुखाईले हैरान हुनुभएको छ?यस्ता छन घरेलु उपचार बिधि

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार

के तपाई दाँत किराले खाएर तनाबमा हुनुहुन्छ ? खाना खादा दात दुखेर छट्पटाउनु हुन्छ यो आफ्नो दात संग आफै हैरान भैसक्नु भाको छ। दाँत किरा ले खानु साधारण कुरा भैसकेको छ। प्राय हरेक नेपालीहरुको दात किराले खाने गरेको छ।

हामीले आफ्नो दाँतमा ध्यान नदिदा, खाने कुरा खाएर दातको सफाई नगर्दा दात मा समस्या आउने गर्दछ। समय संगै कम्जोर बन्दै जाने दात सहि ध्यान दिने हो भने दाँतलाई किराले खान बाट बचाउन सकिन्छ। बिहान बेलुकी सधै दांत माझ्ने र गुलियो खानेकुरा खाएपछि तत्काल दात सफा गर्ने गर्नु पर्दछ।

दुध पिएपछि पनि कम से कम कुल्ला मात्र गर्दा पनि दात को हिफाजत हुन्छ। दाँतको सहि ख्याल नगर्दा तपाइले नक्कली दांत समेत राख्नु पर्ने हुन् सक्छ। यदि तपाइको दात किराले खाएको छैन भने ठिकै छ यदि खाएको छ भने घरेलु उपचार गरेर किराले दात खान बाट बचाउन सक्नु हुन्छ।

यस्तो नगरेको खण्डमा दातमा समस्या देखा पर्छ हामीले खाएको खानेकुरा दातामा अड्किँदा त्यसलाई किराले खाने हुनजान्छ दाता किराले खाँदा निकै पीडा हुन्छ त्यो धेरै जसो मानिसहरुले भोगेका हुन्छन् ।यस्तो पीडालाई कम गर्नका लागि केही घरेलु उपायहरु पनि रहेका छन् जसको प्रयोगले दुखाइको पीडालाई कम गर्न सकिन्छ ।

दात दुखाई समाधानको घरेलु उपचार=लसुनको एक पोटी थोरै बिरे नुनसंग पिसेर पिधेर दुखेको दाँतमा राम्रो संग थिचेर राख्यो भने दाँतको दुखाई हराउछ दिनहु एक केस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले दाँतको दुखाई बाट छुटकारा मिल्छयदी दाँत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दाँतको दुखाई धेरै हद सम्म कम हुन्छ खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्याहरु देखा पर्छन तर अलिकति खैनीसंग नुन राखेर पिसेर दिनहु दाँत ब्रस गर्नाले दाँतको दुखाई बाट मुक्ति मिल्छ।

दाँत दुख्दा तातो पनि को थैलीले सेक्दा पनि निक्कै राहत मिल्छ=प्याजलाइ कुटेर किराले खाएको दाँतमा राख्यो भने पनि दुखाई कम हुन्छल्वाङ को तेल कपासमा भिजाउनु होस् र किरा लागेको दाँतमा राख्नुहोस् यसो गर्नाले दुखाइ कम हुन्छ दाँत दुख्ने व्यक्तिहरुले दिनमा ३४ पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छपुदिनाको पातलाई पिधेर किरा लागेको दाँतमा मा राख्नाले दुखाइ धेरै कम हुन्छ हिङ र कागती मिलाई पेस्ट बनाइ दाँत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu