सर्लाही: उखु किसानले प्रोत्साहन अनुदान पाएनन्

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५÷७६ मा सर्लाहीका उखु किसानलाई दिनुपर्ने प्रोत्साहन अनुदान हालसम्म भुक्तानी गरेको छैन ।

सरकारले उखु किसानलाई प्रतिक्विन्टल प्रोत्साहन अनुदानबापत ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने नीति छ ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार गत आर्थिक वर्षमा उखु बिक्री गरेबापत किसानले सरकारबाट एक पैसा पनि अनुदान पाएका छैनन् ।

आर्थिक वर्ष २०७४र०७५ को पनि करिब एक करोड ४३ लाख रुपैयाँ किसानले अनुदानबापतको रकम सरकारबाट हालसम्म पाएका छैनन् ।

गत आवको करिब एक करोड ९० लाख क्विन्टल उखु किसानबाट चिनी उद्योगीले खरिद गरी क्रसिङ गरेका थिए ।

यो परिमाणको अनुदानबापतको रकम एक अर्ब २४ करोड तीन लाख २० हजार रुपैयाँ किसानले हालसम्म पाएका छैनन ।

गत आवमा एक करोड ९० लाख क्विन्टल उखु क्रसिङ गरी २३ लाख क्विन्टल चिनी उत्पादन भएको थियो ।

चिनी उद्योगीले उखु किसानबाट खरिद गरेको उखुको परिमाणका आधारमा जिल्ला प्रशासन कार्यालयको भुक्तानी समितिलाई सिफारिस गरेका आधारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले अनुदान रकम भुक्तानी गर्ने व्यवस्था छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu