देशलाई स्याउमा आत्मनिर्भर बनाउनका लागि सरकारले ५० प्रतिशतसम्म अनुदान दिने

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार

काठमाडौं । देशलाई स्याउमा आत्मनिर्भर बनाउनका लागि सरकारले ५० प्रतिशतसम्म अनुदान दिने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७९÷०८० सम्ममा ४० हजार मेट्रिक टन स्याउ उत्पादन बढाउने उद्देश्यका साथ यसै वर्षदेखि विशेष कार्यक्रम सञ्चालन गर्न लागेको राष्ट्रिय फलफूल विकास केन्द्रले जनाएको हो ।

स्याउ उत्पादन बढाउन क्षेत्रफल बढाउनुका साथै कालिकोट र मुस्ताङका लागि यो वर्ष कार्यक्रम अघि बढाइएको केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यले जानकारी दिनुुभयो ।

यसैगरी, स्याउ प्याकेजिङ्गको लागि कार्टुन वितरण, थोपा सिंचाई नमूना प्रदर्शन कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँले बताउनुभयो । हिमाली जिल्लासँगै पहाडका जिल्लामा पनि स्याउ उत्पादन गर्न सकिने देखिएको विज्ञले बताएका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu