गैरआवासीय नेपाली संघ कतारको सदस्यमा राजु राईको उम्मेदवारी

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार

उदयपुर, साउन २१ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशनमा खुल्ला सदस्यका लागि उदयपुरका राजु राईले उम्मेदवारी दिएका छन् । खुल्ला सदस्यका लागि राईलाई टिकट प्राप्त भएको हो ।

खुल्ला सदस्यका लागि टिकट पाउने राई लामो समयदेखि बिदेसी भूमीमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । उनले प्रवाशी संगठन उदयपुर सेवा समाज कतारको सदस्य हुदै महासचिवको भूमिका निर्वाह गरिसहेका छन् । त्यस्तै उनी हाल सोहि समाजको सल्लाहकारसमेत रहेका छन् ।

त्यसैगरी त्रियुगा नगर प्रबासी युवा समूह कतारको प्रथम उपाध्यक्ष समेत रहेको राई बिभिन्न सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहदै आएका छन् । आउँदो २३ अगष्टमा नेपाली दुताबासमा हुने परिषद कतारको आठौँ राष्ट्रिय महाअधिवेशनमा आफूलाई भारी मत प्राप्त हुने उनको भनाई छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu