प्रहरीको पहलमा चाबहिल–साँखु सडक सुचारु

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार

काठमाडौं । स्थानीयबासी तथा व्यापारीले अवरुद्ध गरेको चाबहिल–बौद्ध सडक खण्डको यातायात प्रहरीले सुचारु गरेको छ ।

प्रहरीले एक महिनाभित्र बाटो पिच गर्न सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएपछि स्थानीयले यातायात खुलाएका हुन् ।

केही समयअघि आन्दोलनकै कारण काम सुरु भए पनि सडकको अवस्थामा अपेक्षाकृत सुधार नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका थिए । आफूहरुले लामो समसयसम्म धुलो र हिलोको सास्ती खेप्नुपरेको र अब सहन नसक्ने स्थानीयको भनाइ छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu