बिदेशीको गुलाम हुन जान तयार हुन्छौ तर यो देशको मालिक हुन्छु भन्ने सोच हामी कसैको पनि छैन

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार

देशका युवाको बिदेश मोह किन ?

मेघराज नेपाली – दश कक्षा पास गरेको भोलिपल्ट राहदानी बनाउन परराष्ट्र मन्त्रालय जान्छन् । आज १ सय मा एकजना युवाले पनि राष्ट्र मेरो हो म यहि बसेर आफ्नो जीवन सहज बनाएर बस्५ु भन्ने धारणा राखेको देखिदैन।

अली सम्पन्न व्यक्तिका छोराछोरी जाने देश अमेरिका यु. के हुन्छ भने मध्यम बर्गको अस्ट्रेलिया जापान ईन्डिया आदि देश । यो देशको बिडम्बनानै भन्नु पर्छकि प्राकृतिक साधनश्रोतको धनि हुँदाहुँदै पनि भिख मागेर राष्ट्र चलाऊनु परेको छ सरकारलाई । राष्ट्र प्रतिको जिम्मेवारी कर्तब्य स्वतन्त्रताको अनुभुतीनै नभएपछि हामी जन्मियौ, हुर्कियौ अनि अरुको देशमा मर्न जान तयार भयौं।

नौ महिना सम्म लगाएर ६० लाख नेपालीसम्म खर्चेर अमेरिका क्यानडामा अर्काको गुलाम हुन जान तयार हुन्छौ तर त्यो ६० लाख लगाएर मेरो देश भित्रको मालिक हुन्छु भन्ने सोच हामी भित्र कसैको पनि छैन। यो आजको मुख्य समस्या हो।

आज विश्वका अधिकांश देशमा झन्डै ८० लाख नेपाली श्रमिक छन् । उनिहरुले पठाएको पैसाले देशको अर्थतन्त्रमा ठुलो काम गरिरहेकोछ। तर साथ साथै दुखको कुरा अर्को पनि के छ भन्दा देश भित्र नेपाली मजदुर नपाएर भौतिक निर्माणका ठुला साना आयोजना पुरा हुन सकिरहेका छैनन। घर बनाउने बाटो बनाउने देखि कपाल काट्ने पानीपुरी चट्पटे तरकारी बेच्ने अधिकांश व्यक्ति भारतियहरु छन्।

भारतबाट बिना रोहतोकका साथ आउने भारतिय नागरिकबाट थुप्रै अपराधिक कृयाकलाप हुँदै आएका छन् । तर आफ्नै देश भित्र भारतिय नागरिकको बहुमत हुनपनि नेपाली नागरिक राजनीतिक पार्टी नागरिक अगुवा, एनजिओ, आइएनजिओ सरकारी संघ संस्था र गैरसरकारी संस्था कोहि एक रत्ति चिन्तित छैन् ।

यो देश भित्र यति व्यतिथि, अराजक्ता, अनियमितता, अत्याचार, हत्या, बलात्कार र भ्रष्टाचार हुँदापनि नागरिकको धैर्यता नेपाली युवाजसले आफ्नो रगत पसिनाबाट कमाएर देश भित्र्याएको धनराशिको हिसाब किताब गर्दैनन किन ?

देशका राजनीतिक पार्टीका नेताहरु जो सरकारमा बसेका छन् उनिहरुको दिनचर्या हेरौ उनिहरुको राष्ट्रको होइन कुर्चिको मोह हेरौ मुलुक आज कुन अवस्थामा पुग्यो ? किन नेपाली जनतालाई राष्ट्रप्रती मायामोह भङग हुन लाग्यो ?

यो देश भित्र आफ्नो भविष्य देख्न नसक्ने भए ? देशको प्रमुख पदमा बसेका राष्ट्रसेवक कर्मचारीले ठुला ठुला भ्रष्टचार गर्न बाध्य भएका छन । उनिहरुका छोराछोरिको खर्च पठाउन बिदेशी पिआर ग्रीनकार्ड ल्याउनकै लागि खरबौ रकम बिदेशिएको छ । कुन कारण हो त यस्तो सुन्दर देशबाट बिदेश पलायन हुन मन लाग्नु ?

आज हामीले यही कारण खोज्नु पर्ने बेला आएन र ? हाम्रो बिगत इतिहास स्वाभिमान इमान आज कहाँ छ ? हामीले खोतल्नु पर्ने कि नपर्ने ? म एक जना ब्यक्तिको कुरा गरिरहेको छैन। प्रवृत्तिको विकासमा हामी कहाँ चुक्यौ ? सस्कार, संस्कृति, विकास एकाएक हुँदैन। तर भएका धरोहर किन भत्काइयो ? अनी भत्काइयो त भत्काइयो किन बनाइएन ? यो कुरा हामीले खोज्ने कि नखोज्ने ? कि हामी मानसीक गुलाम अरुको आदेश मात्र पालना गर्न सिकेकाछौ स्वबिबेक गुमाइ सक्यौ भनेर आत्मरत्ती हुने ?

मैले एक जना  मित्रको विचार लाई पढ्ने मौका पाए म निकै खुशी भए । लामो समय त नभनौ ५ बर्ष जत्तिभए होला उहाँबाट लेखिने बिचार बिभिन्न माध्यमबाट मैले हेर्ने गर्छु। मलाई असाध्यै खुशी लाग्छ। यसको कारण हो भारतिय शेनाबाट अवकाश प्राप्त भएर अफगानिस्तान जस्तो युद्द भुमिमा आफ्नो दैनिकी बिताउदापनि उहाँले राष्ट्रको माया आफ्नो जिम्मेवारी कर्तब्य भुल्नु भएको छैन। यो नै उहाँ प्रति मेरो ंपोइन्ट हो। हामी अलगअलग शरिर भएर यो धर्तिमा जन्मिएका छौं । त्यो कारणले पनि हाम्रा अस्तित्व पहिचान फरक हुन्छन स्वभाबिकै हो। तर राष्ट्रिय जिम्मेवारी सबैको एक हुनुपर्छ । हुन्छ त्यसको बोध हामीले गर्नैपर्छ। उहाँले लेखेको बिचार ।

अब देशको जिम्मेवारी युवालाई दिनुपर्छ भन्ने शर्षिकको लेखको भित्री कुराको चुरो अब नयाँ ढंगबाट निस्कन्छन् । निष्पक्ष राष्ट्रनिर्माणको जिम्मेवारी युवामा दिनुपर्‍यो भन्नु हुन्छ उहाँ। तर यहाँका युवा कहिले मबिदेश पुगुला र मनग्य पैसा कमाउला भन्छन यही कुरा मिलेको छैन। युवालाई देशभित्र रोक्ने सुत्र के हो ? हाम्रो देशमा इतिहास पढाउन छोडियो, कृषि पढाउन छोडियो सस्कृति नैतिक शिक्षा सामाजिक मुल्यमान्यता भावना कसरी अरु राष्ट्रले आफ्नो राष्ट्रप्रति गरेको त्याग बलिदान कुनै कुराको बोध नभएपछि हामीले कसरी यो देश नर्माण गर्न सक्छौ ? जहां इमान हुँदैन त्यहाँ विश्वास हुँदैन पलाउदैन।

इमान कसैले पकेटबाट दिने बस्तु पनि होइन। इमान भएका नागरिक उत्पादन गर्ने भनेकै शिक्षाले हो । जहाँ नियम कानुनको पालना गर्न कलिलै उमेर देखि बानी पारिन्छ सिकाइन्छ त्यो देश बनाउन कसैले छेक्न सक्दैन। त्यसैले हामिले सबैभन्दा पहिले यी बिदेशिका दलाल राजनीतिक पार्टी फालौ राष्ट्रिय सरकार निर्माण गरौ अनि यहाँका खिया लागेका कर्मचारीतन्त्रको अन्त्य गरौं र नयाँ शिक्षा प्रणाली लागु गरौ जसले देशको प्रगतिको निव राख्न सहयोगि भूमिका खेलोस ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu