सुशीला दिदीको चिठ्ठी प्यारा प्यारा भाइबहिनीहरुलाई

प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार

 

मेरा प्यारा भाईबहिनीहरु
आर्शिवाद अनि माया !

बर्षात् शुरु भैसक्यो ! कहिले घाम कहिले पानी मानिसको यहि हो जिन्दगानी “यस्तै गित ” मैले पहिले पहिले सुन्ने गर्थे । के भनेको होला भन्ने लाग्थ्यो मलाई ! घाम पानीसंग मानिसको जिन्दगीसंग किन तुलना गरेको होला भन्ने लाग्थ्यो मलाई । अब बल्ल बुझदैछु त्यसको अर्थ ।

मेरा प्यारा भाई बहिनीहरु ! हो, अब बल्ल बुझदैछु यसको अर्थ हो –“ प्रकृति हाम्री जननी हो । यस प्रकृतिले हामीलाई थुप्रै थुपै्र कुराहरु प्रत्यक्ष अथवा अप्रत्यक्ष सिकाईरहेकी हुन्छिन् । साँच्चै भन्ने हो भने प्रकृतिविना हामी एकछिन पनि बाँच्न सक्दैनौ होला ।

अर्को कुरा जस्तै प्रकृतिमा कहिले घाम लाग्छ कहिले पानी पर्छ, कहिले सूर्यलाई बादलले छोप्छ कहिले असह्य गर्मी हुने गरेर घाम लाग्छ अनि दिन पछि रात, रात पछि दिन आउने कुरा त तिमीहरुलाई भनिराख्नु पर्छ जस्तै लाग्दैन ।
त्यसरी नै मानिसको जीवनमा पनि कहिले दुःख कहिले सुख, कोही धनी बनिसकेपछि पनि गरिब हुन्छन् । यस्तै यस्तै हाम्रा प्यारा भाईबहिनीहरु प्नि कहिले परिक्षामा असफल हुन्छन् भने कहिले सफल हुन्छन् ।

जस्तोसुकै अँध्यारो रात पनि भोली उदाउने सूर्यका किरणहरुले हटाएर पठाउँछन् तर मनमा धैर्य हुनुप¥यो । बुझयौ त ? बुझे छैनौ भने आफना बाजे बज्यै, बाबा आमा, दाई दिदीसंग सोध्ने र बुझने चाहना राख्यौ भने पछि के हुन्छ थाह छ ?

तिमीहरु बुझकी बन्दै जान सक्ने छौ । आफना परिवारहरुको अझ बढी माया पाउन सक्नेछौ ।
लौ त यो पटक एउटा बाल कविता सुनाउँछु है त ?

ताते ताते गर्दै आयो मेरो नाती अविरल
कहिले भन्छ बोक मलाई कहिले भन्छ जाँउ घुम्न
कहिले माग्छ चि चि उसले कहिले भन्छ पापा
अरु दिए मान्दैन उ वाँइ वाँई गर्दै रुन्छ ।
जाउलो माम मिठो मान्छ । लिटो पापा खान्छ
हाँसी हाँसी मसंग खेल्न मन पराउँछ
यस्तो छ मेरो अविरल ज्ञानी भई बस्छ
आफना आमाबाबालाई धेरै माया गर्छ ।
ताते ताते गर्दै आयो मेरो नाती अविरल
कहिले भन्छ बोक मलाई कहिले भन्छ जाँउ घुम्न

आजलाई यत्तिकै । कविता कस्तो लाग्यो ? खबर गर्नु नि । म तिमीहरुलाई असाध्यै माया गर्छु !

तिमीहरुकै दिदी
सुशीला प्रधानांग
बालकोट, भक्तपुर

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu