संघीयता भनेको नैं नेपाल टुक्र्याउने आयातीत षडयन्त्र हो । : दीर्घराज प्रसाईं

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार


-दीर्घराज प्रसाई
अखण्ड–नेपाल बचाउनु हामी सबै नेपालीहरुको कर्तव्य हो ! संघीयता भनेको नैं नेपाल टुक्रयाउने आयातीत षडयन्त्र हो ! नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानहरु निमिटयान्न गरियो भने भोलि कहाँ गएर नेपाल खोज्ने ?

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको सुवास विश्वभरी फैलिएकोछ । नेपाल सरहद भित्र अनेकौं जातिहरु मिलेर एक साझा सगोलरुपमा एकीकृत भएका छौं । हाम्रो देश सानो भए पनि यहाँ धेरै थरीका जाति छौं । यहाँ कुनै पनि एक जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता पुरो हुँदैन । हाम्रो देशमा विभिन्न जातिहरु र हिन्दु र बौद्धको समष्टीगत एकताबाट साझा सांस्कृतिक राष्ट्रियता बनेकोछ । हामी प्रकति र संस्कृतिका धनी छौं । नेपालको पहिचानको रुपमा स्थापित भइआएका मान्यताहरुलाई जुनसुकै विचारका राजनीतिक दलहरुले पनि संरक्षण गर्नुपर्दछ । राजनीतिक प्रतिशोध र वदलाको भावना लिएर नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानहरु निमिटयान्न गरियो भने भोलि कहाँ गएर नेपाल खोज्ने ?

बितेका १३ बर्षदेखि अहिलेसम्म माओवादी, कांग्रेस, एमालेका नेताहरुले देशलाई भौडीमा हाल्नखोज्ने बाहेक देशको लागि एउटा पनि काम गरेनन् । २०७३ साल आएपछि पनि यिनीहरु राष्ट्रघाती बाटो छोडेका छैनन् । एमाले+माओवादी, कांग्रेस सिद्धान्तच्यूत बाटो हिडेकाले देशको भविष्य नैं अन्धकारमय हुन पुगेको छ ।

जुनबेलादेखि नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लाधियो त्यहीबेलादेखि नेपालको अधोगति हुँदो छ । २०६३ सालको प्रारम्भमा चीनले पश्चिमा र भारतीय कांग्रेस (आई) को षडयन्त्र बुझ्न सकेन अहिले चीनले यी सबै चीन बिरद्धका खेल रहेको कुरा राम्ररी बुझेको छ । २०६३ साल बैशाखमा राजाले नैं प्रधानमंत्रीको सपथग्रहण गराएका गिरिजाप्रसाद कोइरालाले सीआए र रअको रणनीतिबाट नेपालमा राजा हुँदाहुँदै अवैधानिक राष्ट्रप्रमुख बनाइए।

नेपालमा राजसंस्था विस्थापित भएको अवस्थामा नेपालको सार्वभौमसत्तामा मात्र खतरा आउने होइन चीन तथा भारत पनि खतरामा पर्छन् । राजसंस्थाको उनुपस्थितिमा नेपाल पश्चिमाहरु र इसाईहरुको अखडा बन्छ भन्ने कुरा बितेको सातबर्षमा विश्वलाई जानकारी भइसकेको छ ।

तराईका मूल बासिन्दाहरु– झा, यादव, राजवंशी, थारु, धीमाल, कुर्मी, माझी, ठाकुर–ब्राम्मण, लोहार, हजाम र धार, कुमाल, गुप्ता, पटेल, कर्मी, मसहर, चमार, धोबी, पटेल, त्रिपाठी, देव, दास, श्रीबास्तव, भूमिहार, राजपूत, पटुवा, गोहित, सिंह, पाण्डे, बर्मा, दत्त, पासवान, हजरा, सहनी, हजारी, जयसवाल, ताजपुरिया, मसलमान, मैथिली, अवधी आदि तराईवासीहरुले आफूलाई मधेसी भन्दैनन् । मैथिला प्रदेश, विराटप्रदेशका, आदिवासी, सेनवंशी, अवधी आदिवासी जनता यी कुनै मधेसी होइनन् । तराईका मूल बासिन्दाहरु हुन् । भारतबाट नेपालमा छिरेर व्यवसाय गर्दैआएका भारतीयहरुले नेपाली नागरिकता प्राप्त गरेपछि आफूहरुलाई मधेसी भन्न थालेका हुन् । मधेस भन्ने कुनै जिल्ला छैन, गाउँ छैन । मधेसी आप्रबासी हुन् ।

विदेशीले उप्साएका नेपालमा व्यवसाय गर्दैआएका कतिपय भारतीय मधेसवादी पार्टीका नेताहरुले आयतीत कुरा बोलेर नेपाली जनतालाई दिग्भ्रमित बनाउन खोजेकोमा त्यसको बिरद्ध हामी देशभक्तहरु भिड्न सक्नुपर्छ । मधेसी बारेमा इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्–‘मधेसी मूलका नेताहरु आफूहरुलाई नेपाली नभनेर मधेसी भन्न रुचाउँछन् । भारतको मध्य प्रदेशबाट मधेसी भनेको हो ।’ त्यसैले मधेसीहरुले नेपाललाई भारतीय गुप्तचरहरु र भारतीय प्रशासनिक संयन्त्रबाट जे जस्तो आर्थिक लाभ र सहयोग प्राप्त गरिरहेता पनि अखण्ड–नेपालप्रति आवद्ध नेपाली जनताको शक्तिको सामू भारतीय सैतानहरुको पनि केही चल्ने छैन ।

‘बाबुराम भट्टराई, सिके राहत, अमरेस कुमार सिंह, कृष्ण सिटौलाहरुको पार्टी फरक भएता पनि नेपाललाई अशान्त बनाएर टक्रयाउने सोचाई हो । संघीयता भनेको नैं नेपाल टुक्रयाउनको लागि भारतबाट आयातीत षडयन्त्र हो । यस्ता १०।१५ जना दुष्ट र गद्दारहरुका कारण नेपालको भविष्य अन्धकार हुने अवस्था देखिएकाले यिनीहरुलाई हदसम्मको कारवाही गरेर अखण्ड–नेपाल बचाउनु हामी सबैको कर्तव्य हो ।

नेपालको एकीकरण पछि पृथ्वीनारायण शाह लगायत अनेकौं जात जातिहरुको संयुक्त सहभागिताबाट यसक्षेत्रका थुप्रै हिन्दु राज्यहरुलाई एकीकरण गरेर बनेको नेपाल हिन्दु अधिराज्य हो । भने, नेपालमा राजसंस्था तथा हिन्दु अधिराज्यलाई यथावत कायम गर्ने कार्यमा केन्द्रीत भएर देशलाई निकास दिनसक्नु पर्छ । त्यही नैं निकाशको बिन्दु हो ।
-(दीर्घराज प्रसाईको फेसबुक वालबाट)

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu