सोम, चैत्र १७, २०७६
Mon, March 30, 2020

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध


  • स्वदेश नेपाल
  • सोम, साउन १३, २०७६

कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा चट्टान फुट्दा ठूलो पहिरो गएको छ । वर्षाका कारण कालेखोलामा चट्टान फुट्दा गएको पहिराको कारण कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको छ । सडक माथिबाट करिब ३५ मिटर पहिरो आएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सरन कुमार महताराले बताउनुभयो ।

उहाँका अनुसार पहिरो पन्छाउन समय लाग्ने देखिउको छ । सडक माथिबाट चट्टानै आएर सडकको तलको भाग पुरै भासिसकेकाले बाटो सूचारु गर्न समय लाग्ने उहाँले बताउनुभयो ।

कर्णाली राजमार्गको जुम्ला – सुर्खेत सडकखण्ड अन्तर्गत शुभकालिका गाउँपालिका स्थित गगने खोलाको पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएकोमा गयराति कालेखोलामा ठुलो पहिरो गएको हो । राजमार्ग अवरुद्ध हुँदा राजमार्ग भएर गुड्ने सवारी र यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट