मङ्ल, फाल्गुन ६, २०७६
Tue, February 18, 2020

ओलीले ब्रिटेनका प्रधानमन्त्री भनेर अर्कैलाई दिए बधाई


  • स्वदेश नेपाल
  • बिहि, साउन ९, २०७६

                        गल्ती भएको पत्तो पाएको लगभग १० मिनेटमा ट्वीट डिलिट गरेर अर्को ट्वीट

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै कसैको ट्वीटर ‘ह्याण्डल’लाई मेन्सन गरेर बधाई दिएको केही समय पछि त्यसलाई डिलिट गरेर सही ‘ह्याण्डल’लाई मेन्सन गरेर पुन: ट्वीट गरिएको छ।

केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्ने गरेको आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डल ‘@kpsharmaoli’बाट बेलायतका प्रधानमन्त्री भनेर सम्बोधन गर्दै ‘@borisjonson’ ह्याण्डलमा मेन्सन गरेर ट्वीट गरिएको थियो । खासमा बेलायती प्रधानमन्त्री बोरिसको ट्वीटर ह्याण्डल ‘@borisjohnson’ हो ।

सच्याइएको ट्वीट :

प्रधानमन्त्री ओलीले सुरुमा मेन्सन गरको ह्याण्डलबाट जम्मा ४ जनालाई फलो गरिएको छ भने ८ जनाले मात्रै फलो गरेका छन् । उता प्रधानमन्त्री जोन्सनको भेरिफाइड अकाउन्टलाई लगभग ७ लाख ५० हजार जनाले फलो गरेका छन् ।

-कान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट