नियोजित रुपमा नगरलाई विवादित बनाएर असफल पार्न खोजिदै छ: इबन राई

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाकालाई अनाआबश्यक ढंगमा विवादित बनाउन खोज्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिका प्रती पूर्वाग्रही ढंगबाट प्रस्तुत हुदै आएका वडा अध्यक्षहरु बुधवार बिहान चक्काजाम गर्न खोजे पछि उनीहरुलाई पक्राउ गरिएको हो।

चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो। जनप्रतिनिधी सहित चक्काजाममा बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वाग्रही ढंगबाट नगरपालिकालाई असफल पार्न लागि परेका सत्तारुढ दल नेकपाका वडा अध्यक्षहरु नगरपालिकाका मेयरलाई नीति निर्माण र बिकासका काममा सघाउ पुर्याउनुको साटो बाधा पुर्याउदै आएका थिए। बेकारको बहस झिकेर सत्तापक्षका वडा प्रमुखहरु आन्दोलनमा उत्रिएको नगरपालिकाका प्रमुख इबन राइले बताए। उहाहरुले वडा बाट ल्याएका माग सबै सम्बोधन भएका छन् यो मात्र पार्टीको निर्देशन अनुसार बिरोध गरिएको मेयर राईको भनाई छ।

“यो नियोजित रुपमा पार्टीको निर्देशन अनुसार बिरोध गराइएको हो”, मेयर राइले भने, “हाम्रो जिल्लाकै सफल नगरको रुपमा हाम्रो नगरपालिका छ त्यो वहा(सतापक्ष)हरुलाई नपचेको हो, हाम्रो लोकप्रियता देखिनसहिएको हो त्यो तपाई हरुले पनि देख्न बुझ्न सक्नु हुन्छ।”

नगरपालिका भित्रका हरेक गाउ-टोल पुगेर जनताका आबश्यकता बुझेर नगरपालिकाको नीति तथा कार्यक्रम ल्याएको मेयर राईले बताए। उज्यालो नगरपालिका अन्तर्गत बिद्युत नपुगेका वडाहरुमा बिद्युत पुर्याउने, खडेरीले ल्याएको खाद्यान्नको समस्यालाई समाधान गर्न राहतको ब्याबस्था, बिकास निर्माण लगाएत खानेपानीको लागी स्थानिय स्रोत साधनको उपयोग गरि उचित ब्याबस्था गर्ने कुरा गरेर जनता संग नगर नजिक भएको देख्न नसकेर वडा अध्यक्षहरु मार्फत नगरको हकमा प्रतिपक्षी दल नेकपाले नगरलाई असफल पारेर बद्नाम पार्न खोजेको मेयर राइको आरोप छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu