वैदेशिक रोजगारीमा युएई पुगेकामध्य १ वर्षमा ९८ नेपालीको मृ*त्यु

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार

काठमाडौं– आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई) गएका ९८ जना नेपालीको ज्या*न गए*को युएईस्थीत नेपाली दूतावासले जानकारी दिएको छ ।

रोजगारीका लागि युएई गएकामध्ये गत आर्थिक वर्षमा ९३ जना पुरुष र ५ जना महिलाले ज्या*न गुमा@एको दूतावासले जनाएको छ । दूतावासका अनुसार धेरैको प्राकृतिक मृ*त्यु भएको छ ।

प्राकृतिक कारणले ४८ जना पुरुषको मृ*त्यु भएको दूतावासको तंथ्याकमा छ । प्राकृतिकपछि हृ*दयघा*त, मष्तिस्क पक्षघा*त तथा अन्य कारणले मृ*त्यु भएको दूतावासले जनाएको छ । गत आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आ*त्मह*त्या गरेको दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

सवारी र सडक दुर्घटनामा परेर २ जना महिला र २१ पुरुषको मृ*त्यु भएको दूतावासले जनाएको छ । गत आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको ह*त्या भएको दूतावासले जनाएको छ । उनीहरुको ह*त्यामा नेपालीकै संलग्नता रहेको भएको प्रारम्भिक अनुसन्धानले खुलेको दूतावासले जानएको छ ।

दूतावासले मु*त्यु हुने नेपालीको शव नेपाल फर्काउन र अन्य प्रक्रियाका लागि सहयोग गरेको जनाएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu