गगन थापा र श्रीमती डाक्टर अन्जना केसी जन्म दिनको दिन मिडियामा, यसरी सुनाए आफ्नो प्रेमकथा (भिडियो)

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार

सांसद तथा पूर्व स्वास्थ्यमन्त्रि गगन थापा र श्रीमती डाक्टर अन्जना केसीले आज सामाजिक कार्य गर्दै आफ्नो जन्मदिन मनाएका छन् । गगन र अन्जनाको एकैदिन जन्मदिन परेकाले खुशियाली साट्दै जन्मदिन मनाएका हुन् । आफु दुईको जन्मदिन एकैदिन परेकाले पहिलो कफी डेट सम्भव भएको स्मरण गर्दै यो जोडीले आफ्नो प्रेमकथा जन्मदिनमा सुनाएर जन्मदिनको माहोल रमाईलो बनाए । जन्मदिनमा पार्टी गरेर धेरै खर्च गर्नु भन्दा अरुलाई सेवा गरेर खुशी मनाउने भन्दै आजको दिन आश्रममा बाल बालिकाहरु लाई भोजन गराएर संगै मनाएका छन् गगन थापाको परिवारले ।

गगन थापाले आफ्नो जन्मदिन संगै छोरीहरुको जन्मदिनमा पनि आश्रममा भोजन गराउदै मनाउने गरेको बताए र साथै अब हरेक वर्ष आफ्नो जन्मदिन यहि आश्रम आएर मनाउने पनि बाचा गरे । श्रीमती डाक्टर अन्जना केसीले पनि जन्मदिनमा अरुको सेवा गर्दै बालबालिकाहरु संग आश्रम आएर भोजन गर्दा अर्कै आनन्द आउने र साथै आफुहरुले विवाह देखि नै फजुलमा खर्च गर्नु भन्दा अरुको सेवामा खर्च गर्ने गरेको र यसमै आफुहरु लाई खुशी मिल्ने बताईन । श्रीमान श्रीमतीको एकैदिन जन्मदिन पर्दा झन् संगै सेवा गर्दै यो खुशियाली मनाउन पाउदाको खुसि कार्यक्रममा व्यक्त गरिन ।

गगन थापा र डाक्टर अन्जना केसीले क्यानाडा नेपालका लागि सन्तोष निरौला संग कुराकानी गर्दै भने: “हाम्रो जन्मदिन एकैदिन परेकाले पनि होला हाम्रो पहिलो कफी डेट सम्भव भएको थियो र त्यहि कफी डेटले गर्दा विवाह पनि सम्भव भयो । सुरुवाती दिन देखि नै हामी धेरै मिल्ने र सबै भन्दा नजिकका साथि थियौ र अहिले विवाह पछि पनि साथि झैँ साथ दिइरहेका छौ । एक अर्काको कमीकमजोरीमा बलियो आधार बनेर जीवन अघि बढाउदै छौ ।”

गगन थापाको सोच र देश बनाउने अठोट देखेर डाक्टर अन्जना केसी लाई लोभ्याएको कुरा पनि खोलिन् । बाहिरी प्रभाव भन्दा पनि गगनको देश बनाउने अठोटले विवाह गर्न लोभ्यायो र गगन जस्तो लिडर भएको देशको नागरिक हुने रहर सधै रहेको कुरा पनि अन्तर्वार्तामा उल्लेख गरिन । गगन थापाको दुई छोरी छन् । छोरी हुदा धेरैले ठाउ ठाउमा भाकल गर्नु अनि छोरा हुन्छ भनेर सल्लाह दिएको घटनाहरु सुनाउदै समाजको यो सोच लाई बद्लेर छोरी हुदाको खुशी मनाउन अनुरोध पनि गरे ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu