विदेशबाट स्वदेश फर्केकालाई १० लाख ऋण गफ मात्रै !, कोही हासोको पात्र बने त कोही आँशुको (भिडियो सहित)

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४०७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. विदेशबाट फर्किएकाहरुले सहुलियत ब्याजमा कर्जा पाएनन्
काठमाडौं । सरकारले विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गर्ने युवाहरुलाई विना कर्जा १० लाखसम्म ऋण दिने भन्दै सूचिकृत गरेपनि वाणिज्य बैंकहरुले ऋण नदिएको पाइएको छ । विदेशमा कम्तीमा ६ महिना काम गरेर नेपाल फर्किएका १८ हजार ७ सय ६८ युवाहरुलाई वैदेशिक रोजगर प्रवद्र्धन बोर्डले आफ्नै योजना धितो राखेर बैंकबाट १० लाखसम्म सहुलियत व्याजमा ऋण प्रवाह गर्न सूचिकृत गरेको थियो ।

तर, त्यसमध्ये अहिलेसम्म औँलामा गन्न सकिनेले मात्रै सुहलियत कर्जा पाएका छन् । तर, १८ हजार भन्दा धेरै युवालाई बैंकहरुले अनेक बाहाना बनाएर ऋण नदिइ फर्काएका छन् । सूचिकृत भएर पनि बैंकले निराश बनाएका केही प्रतिनिधि पात्र यस्ता छन् ।

२. अस्पतालकै क्यान्टिनको खाना गुणस्तरहीन !
काठमाडौं । काठमाडांै महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नै गुणस्तरहीन खाना खुवाएको भन्दै अस्पतालका चिकित्सकहरुले अस्पतालको क्यान्टिनमा खाना खान छाडेका छन् ।

विगत ५ बर्षदेखि अस्पतालसँग सम्झौता गरेर अस्पतालका आवासिय चिकित्सक, ड्युटीका कर्मचारी तथा बिरामीहरुलाई दैनिक खाजा र खाना खुवाउँदै आएको एमबी क्यान्टिनले गुणस्तरहीन खाना खुवाएको भन्दै पटक–पटक चिकित्सकहरुले अस्पताल प्रशासनसँग गुनासो राखेका थिए । तर, पनि खानाको गुणस्तर नसुध्रिएपछि ३ दिनदेखि अस्पतालको क्यान्टिनमा खाना नखाएको चिकित्सहरु बताउँछन् ।

३.नमूना कालोपत्रे सडक एक महिनामै उप्कियो
बागलुङ । बागलुङको जैमिनी गरपालिका कुश्मीसेरा स्थित २० बर्ष अघि खुलेको बाटोमा एक महिना अघि मात्रै जम्मा २ किलोमिटर सडक नमूनाका रुपमा कालोपत्रे भयो । तर बिडम्बना कालोपत्रे भएको उक्त सडक एक महिनामै उप्किएको छ । १ करोड २५ लाखको लागतमा विएण्डए निर्माण कम्पनीले निर्माण गरेको सडक अहिले कालोपत्रे हातमा आउँछ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu