पहिरो र डुवानले सबैभन्दा प्रदेश एकमा ठूलो क्षति, २० जनाको मृत्यु

प्रकाशित मिति : ३० असार २०७६, सोमबार

काठमाडौं । बाढी र पहिरोका कारण सबैभन्दा बढी क्षति प्रदेश नम्बर एकमा भएको छ । विभिन्न जिल्लामा गरि २० जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोले प्रदेश नम्बर एकका जिल्लाहरु अन्त्यन्तै प्रभावित भएका छन् । प्रदेशका पहाडी जिल्लामा पहिरो र तराईमा डुबानको समस्या भएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नम्बर एकका १४ वटा जिल्लामा हालसम्म २० जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी भोजपुर र ओखलढुंगामा ५÷५ जनाको मृत्यु भएको छ । खोटाङमा ३ जनाको मृत्यु भएको छ । झापा र उदयपुरमा २÷२ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुनसरी, इलाम र पाँचथरमा एक÷एक जनाको मृत्यु भएको छ । बाढीका कारण १६ जना घाइते भएका छन् भने ९ जना हराइरहेका छन् । हिजो साँझ बसेको मन्त्रीपरिषद्को बैठकले मृतकका परिवारलाई प्रति परिवार २ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu