युरोपेली र अमेरिकाले यसरी नेपालको कृषि उत्पादन तहसनहस गरेर बिषादी खान बाध्य पारे (भिडियो)

प्रकाशित मिति : ३० असार २०७६, सोमबार

नेपालमा अर्गानिक कृषि किन सफल हुन सकेन र अबको विकल्प के भन्ने बिषयमा कृषि संवादमा एन्टि करप्सन मुभमेन्टका राष्ट्रिय सचिव सुरजित दत्तसंग गरिएको कुराकानी जहाँ दत्त यसो भन्दछन् :-

नेपाल लगायत एशियाली राष्ट्रहरुमा युरोपेली राष्ट्र र अमेरिकाले कसरी १६/१७ औ शताब्दी पछि कब्जा जमाए ? भारत चीन जापानमा कसरी बिदेशीशक्तिले त्यहाको स्थानीय उत्पादनलाई कब्जा गरे, अनि कसरी सर्बनाश भयो र त्यसपछि ति राष्ट्रहरु कसरी फेरी आफ्नो खुट्टामा उभिन सफल भए ? भन्ने बिषयमा दत्तले दमदार विचार राखेका छन् ।

अर्गानिक खेतीको अवधारणाको तिब्र प्रचारप्रसार हुदै गरेको सन्दर्भमा बिदेशी शक्तिले कसरी नेपाली भूमिमा प्रवेश गर्यो कसरी नेपालको उत्पादक्त्वमा कब्जा जमाए ? नेपाल सरकार साथै नेपालको विज्ञहरु के कसरी बिदेशी षड्यन्त्रमा फस्न पुगे आदि बिषयमा तथ्यप्ररक टिप्पणी गरेका छन् दत्तले ।

रासायनिक मलको प्रयोगको नाममा उत्पादन बढाउने योजनाले कसरी नेपाली माटोको उत्पादकत्व घट्यो भन्ने बिषयमा दत्तले अकाट्य प्रमाणसहितको तथ्य राखेका छन् जुन कुरा सुन्दा पनि हरेक व्यक्तिले पछुतो मान्दछन् अहिले जो जसले अतितिमा रासायनिक मल प्रयोग गरेका थिए।

कृषिमा अर्गानिक भन्ने शब्द अचेल सेलिबे्रटी जस्तो भएको छ एउटा दुःखको कुरा के छ भने जहाँ अर्गानिक उत्पादन हुन्छ, त्यहाँ बजार छैन । जहाँ उत्पादन हुँदैन, त्यहाँ ठूलो बजार छ ।

बिषादीले मानव स्वास्थ्यमा पारेको प्रभाव अनि नेपाली किसानको पिडालाई दत्तले सचित्र चित्रण गरेका छन् यो अन्तर्वार्तामा , भारतको सिक्किम राज्य र भुटान देश पुरै अर्गानिक उत्पादनमा लागेको त त्यसबाट प्राप्त सफलताले नेपालको नीतिमा के अपुरो रह्यो आदि बिषयको पनि उठान गर्दै नेपाली अर्गानिक कृषि उत्पादन प्रयोग गरौ भन्ने मूल संदेश दिदै दत्तले be Nepali buy Nepali को माध्यमबाट देशको बिकाश गरे मात्रै देश सम्पन्न राष्ट्र हुने बताएका छन् ।

यो अन्तर्वार्ता निकै पुरानो भए पनि निकै महत्वपूर्ण रहेको छ , हेर्नुहोस दत्तसंगको कुराकानीको भिडियो :-

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu