मैले चाहेको सेक्सडलको कपाल मेरी पूर्वपत्नीको जस्तै सुन्दर र सुनौलो हुनुपर्छ !

प्रकाशित मिति : २९ असार २०७६, आईतवार

पूर्वपत्नीजस्तो सेक्स डलको चाहना- सम्बन्ध विच्छेदपछि एक जना ब्रिटिस नागरिकले पूर्वपत्नीलाई भुल्न सकेनन्। ती व्यक्तिले अनलाइन बजार ‘हस–हस’मा एउटा पत्र लेखे। उनको अनुरोध थियो– सेक्स डल उत्पादन गर्ने कम्पनीले उनको पूर्वपत्नीजस्तै देखिने यौन खेलौना बनाइदेओस्।

नाम नखुलाइएका ती व्यक्तिको सन् २०१७ मा पत्नीसँग सम्बन्ध विच्छेद भएको थियो। ब्रिटिस अनलाइन पत्रिका ‘मिरर’ का अनुसार ३५ वर्ष लामो वैवाहिक सम्बन्ध एकाएक टुटेपछि उनी आहत भएका थिए। उनले ‘हस–हस’ मा लेखेको पत्रमा आफूले पूर्वपत्नीलाई भुल्न नसकेको बताएका छन्। ‘म हर घडी उनको यादमा तड्पिरहेको छु,’ उनले पत्रमा लेखेका छन्, ‘म अरू कसैसँग सम्बन्ध बनाउनेबारे सोच्न पनि सक्दिनँ। त्यसैले एउटा सेक्स डल चाहन्छु, जो मेरी पूर्वपत्नीजस्तै देखियोस्। मेरो यो चाहना तपाईंहरूलाई अनौठो लाग्न सक्छ। तर, म पूर्वपत्नीको स्थान सेक्स डलले लेओस् भन्ने चाहन्छु।’

उनले केही सेक्स डल उत्पादक कम्पनीसँग कुरा गरेको तर उनीहरूले आफूले भनेबमोजिमको यौन खेलौना उपलब्ध गराउन नसकेको बताए। ‘हस–हस’लाई पठाएको इमेलमा उनले लेखेका छन्, ‘मैले चाहेको सेक्स डलको कपाल मेरी पूर्वपत्नीको जस्तै सुन्दर र सुनौलो हुनुपर्छ। यो मेरो पहिलो शर्त हो।’ आफूले खोजे र चाहेजस्तो सेक्स डल उपलब्ध गराउन कम्पनीले प्रयास गरिदिन उनले अनुरोध गरेका छन्।

जसले प्रेमीको जिब्रो टोकेर भुइँमा थुकिदिइन्– सन् २०१७ मा एक जना स्पेनी महिलाले पूर्वप्रेमीलाई अत्यन्त क्रूर चुम्बन गरेकी थिइन्। पूर्वप्रेमीले सम्बन्ध टुंग्याउन खोजेको बताएपछि उनले ‘अन्तिम चुम्बन’ गर्ने बहानामा उनको जिब्रो टोकर भुइँमा थुकिदिएकी थिइन्। ती महिला अब कानुनी फन्दामा पर्ने भएकी छिन्।

बार्सिलोनाकी अदैया लोपेज इस्तिभमाथि दुई वर्षअघि पूर्वप्रेमीको जिब्रोको टुप्पो टोकेर छिनाइदिएको आरोप छ। पीडित पुरुषका वकिलले अदालतमा मुद्दा हालेका छन्। उनले इस्तिभलाई आठ वर्षको जेल सजाय हुनुपर्ने माग गरेका छन्। पूर्वप्रेमीको नाम खुलाइएको छैन।

स्थानीय सञ्चारमाध्यमका अनुसार पीडित प्रेमी इस्तिभको छिनछिनमा बदलिरहने मुडका कारण हैरान भएका थिए। त्यसैले छसात महिनाको डेटिङपछि उनले सम्बन्ध तोड्ने निर्णय गरेका थिए। एक दिन उनले इस्तिभलाई आफूले प्रेम सम्बन्ध अन्त्य गर्न चाहेको बताए। उनी आगो भइन्।

केही छिनपछि उनले भनिन्, ‘ठीकै छ, तिम्रो निर्णय मलाई स्वीकार छ। अन्तिम पटक तिमीलाई चुम्बन गर्न चाहन्छु।’ त्यसपछि उनले प्रेमीलाई अँगालो हालेर चुम्बन गरिन्। तर, यति कठोर चुम्बन गरिन् कि उनले प्रेमीको जिब्रोको टुप्पो टोकेर छिनाइदिइन् र त्यसलाई भुइँमा थुकिदिइन्। स्पेनी अनलाइन पत्रिका ‘एल ताकिग्राफो’का अनुसार पीडाले चिच्याइरहेका र छटपटाइरहेका प्रेमीलाई छिमेकीले अस्पताल पुर्‍याएका थिए। इस्तिभको अपराध प्रमाणित भएमा उनले वर्षौं जेलको हावा खानुपर्नेछ।

-सम्पूर्णविक्लीबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu