प्रदेश २ सरकारले बाढिबाट मृतकका परिवारलाई तीन – तीन लाख दिने

प्रकाशित मिति : २८ असार २०७६, शनिबार

काठमाडौं । प्रदेश नम्बर २ सरकारले बाढी र डुबान प्रभावितका परिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले बाढीपहिरोका कारण मृतकका परिवारलाई तीन–तीन लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

आज बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई प्रभावकारी बनाउँदै मृतकका परिवारलाई राहत रकम उपलव्ध गराउने निर्णय गरेको छ ।

यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०÷१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न सबैमा आह्वान समेत गरेको छ ।

राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu