शिल्पालाई कुट्पिट र कानको जाली फुटाएको बिषयमा मुख खोले छविले,डिभोर्सको कुराले लिएको थियो उग्र रुप [भिडियो हेर्नुहोस ]

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन् ।नायिका पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकाले काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए ।

सहमतिपछि परिसरमा पत्रकारसँग कुरा गर्दै नायिका पोखरेलले भने, “मलाई जे पर्यो त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।” पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको बताए । चलचित्र निर्माता ओझाले सामान्य घरझगडा प्रहरीमा आउनुपर्ने खालको नभए पनि यसमा मेलमिलाप भइसकेकोे जानकारी दिए । ‘लज्जा’ चलचित्रबाट पोखरेललाई ओझाले नै चलचित्रको नायिकामा ल्याएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका थिए । भिडियो हेर्नुहोस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu