प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको चेतावनी : `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरुलाई सम्हाल्न प्रधानमन्त्रीलाई चेतावनी दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आयोजित एक कार्यक्रममा दिएको अभिब्याक्ती प्रती उत्तर दिदै कांग्रेस प्रबक्ताले यस्तो चेतावनी दिएका हुन्।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले विप्लव समूहको हिंसाबारे कांग्रेसको धारणा माग्दै दिनभरि वीपी, रातभरि विप्लव हो भनेर सोधेका थिए ।

लगतै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘लगाम उपहार पठाउँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?’

यस्तो भनेका छन् प्रबक्ता शर्माले जस्ताको तस्तै
प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै `फोटोकपी´ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न l भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न !PM_Nepal `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu